एमाले कैलालीका अध्यक्ष रतन थापालाई कारबाही सिफारिस

धनगढी : कैलालीका नेकपा एमालेका अध्यक्ष रतन थापालाई कारबाही गर्न सिफारिस गरिएको छ। बिहीबार बसेको जिल्ला सचिवालय बैठकले थापालाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न प्रदेश कमिटीमा सिफारिस गरेको हो।एमाले कैलाली सचिव डेजी पाण्डेका अनुसार जिल्ला सचिवालय बैठकको सिफारिसका आधारमा अब प्रदेश कमिटीले थापालाई कारबाही गर्नेछ।३० वैशाखमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा थापाले एमालेका आधिकारीक उम्मेदवारलाई हराउन भूमिका खेलेको, पार्टी नेतृत्वविरुद्ध जथाभावी बोलेको जस्ता आरोप लगाउँदै जिल्ला इन्चार्ज नारदम