अमेरिकाका कोरोना संक्रमणका केसहरुमध्ये ८३ प्रतिशत डेल्टा भेरियन्ट रहेको सीडीसी निर्देशक डाक्टर रोशेल वालेन्स्कीले जानकारी दिएकी छिन् । स्वास्थ्य, शिक्षा, पेन्सन र श्रमबारेको सिनेटको सुनुवाईमा बोल्दै उनले अमेरिकामा कोरोना संक्रमणमा डेल्टा भेरियन्ट हावी रहेको जानकारी दिएकी हुन् । डेल्टा भेरियन्ट पहिलोपटक भारतमा भेटिएको थियो । अमेरिकामा डेल्टा भेरियन्टका कारण संक्रमणदर पनि बढ्दै गएको जनाइएको छ […]