केही वर्षयता काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन निकै जटिल विषय बन्दै गएको छ । बढ्दो जनघनत्व, बढ्दो सवारी चाप अनि सिमित र साँघुरा सडकका कारण उपत्यकाको ट्राफिक व्यवस्थापन कार्य जटिल र चुनौतीपूर्ण देखिन्छ ।उपत्यकाका अधिकांश चोक तथा बाटाहरु जामको चपेटामा हुने गरेका छन् । तीमध्ये पनि काठमाडौं जिल्लाको बानेश्वर, माइतीघर, थापाथली, त्रिपुरेश्वर, रत्नपार्क, जमल, पुतलीसडकलगायतका स्थानमा त झनै ट्राफिक जामको समस्या बढ्दो छ । त्यस्तै करिडोरका बाटोमा पनि यात्रु ट्राफिक जाम भोग्न बाध्य छन् । सवारी साधन दिना