क्रिकेटर शिखर धवनले ‘तलाक’ दिएकी पत्नी आयशाले यसरी पोखिन् वेदना

भारतीय क्रिकेटर शिखर धवनले पत्नी आयशा मुखर्जीलाई तलाक दिएपछि वेदना पोखेकी छन् । आयशाको यसअघि समेत तलाक भइसकेको थियो । शिखरसँग आयशाको दोस्रो तलाक हो । तलाकपछि आयशाले इन्ट्राग्राममा थुप्रै पोस्ट गरेकी छन् भने शिखर मौन रहेका छन् । आयशाले आफ्ना पोस्टमा तलाकको अनुभव र पीडाबारे वेदना पोखेकी छन् । आयशाले लेखेकी छन्, ‘शब्दको यति शक्तिशाली अर्थ कसरी हुनसक्छ ? मैले एक तलाकवालीका रूपमा यसको अनुभव पहिला पनि गरिसकेकी छु । म आफ्नो पहिलो तलाकबाट धेरै डराएकी थिएँ । मलाई लाग्यो, म असफल भएँ ।’ उनले अगाडि भने...