भारतले खोल्यो धौलीगंगा बाँधको ढोका, महाकालीमा बाढीको सम्भावना, सतर्क रहन प्रशासनको आग्रह

काठमाडौं : भारतले धौलीगंगा जलविद्युत् परियोजनाको बाँधको ढोका खोलेको छ। मंगलबार बिहान ५ बजे बाँधका ढोका खोलेपछि महाकाली नदीमा पानीको सतह बढेको जिल्ला प्रशासन कार्यालय दार्चुलाकी प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिइन्। बाँधका ढोका राति ८ बजेसम्म खोलिने भएकाले महाकाली नदीमा बाढी आउने सम्भावना रहेको प्रमुख जिल्ला अधिकारी जोशीले बताइन्। बाढी आउने सम्भावनालाई मध्यनजर गर्दै महाकाली नदी किनारमा बसोबास गर्नेलाई सतर्कता अपनाउन र सुरक्षित ठाउँमा रहन तथा नदी छेउछाउ नजान महाशाखाले आग्रह गर

सम्बन्धित सामग्री

राप्ती नदीको सतर्कता विन्दु पार, सतर्क रहन प्रशासनको आग्रह

कुसुम क्षेत्रमा राप्ती नदीको बाढी मापन केन्द्रमा जलसतह खतराको विन्दु ५ मिटर पार गरिसकेकाले नदी वरिपरिका दर्जनौं गाउँ बस्ती बाढीको जोखिममा रहेको जिल्ला विपद् व्यवस्थापन समिति बाँकेका सूचना अधिकृत रुपन ज्ञवालीले जानकारी दिनुभयो ।