आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि महोत्तरी जिल्लामा तीन लाख ९७ हजार मतदाता कायम भएका छन् । जिल्ला निर्वाचन कार्यालय प्रमुख सुवोधकुमार महतोका अनुसार चार वटा प्रतिनिधिसभा तथा आठ वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको महोत्तरीमा आसन्न निर्वाचनका लागि तीन लाख ९७ हजार ३० मतदाता कायम भएका छन् ।उनले जिल्लामा दुई लाख १५ हजार एक सय ३१ पुरुष, एक लाख ८१ हजार आठ सय ९८ महिला र एक जना अन्य गरी तीन लाख ९७ हजार ३० मतदाता कायम भएको जानकारी दिए । जिल्लाको १ नम्बर निर्वाचन क्षेत्रमा ९८ हजार चार सय ९७ मतद