कर्णालीमा कोरोना : २१–३० वर्ष उमेर समूह सबैभन्दा बढी प्रभावित

सुर्खेत । गत वैशाख महिनामा कोरोनाभाइरस (कोभिड–१९)को दोस्रो लहर सुरु भएसँगै कर्णालीमा दैनिक सयौँको संख्यामा कोरोनाका बिरामी भेटिने गरेका थिए । यो क्रम वैशाखदेखि र जेठ महिनाको दोस्रो सातासम्म कायमै रह्यो ।यो अवधिमा दैनिक सरदर पाँच सयको हाराहारीमा कोरोना संक्रमित भेटिने गरेका थिए भने दिनमा बढीमा १० जनाको कोरोनाबाट मृत्यु भएको थियो । सुरुमा प्रदेश राजधानी सुर्खेतमा कोरोना संक्रमणको दर उकालो लाग्न थालेपछि वैशाख १४ गतेदेखि निषेधाज्ञा जारी गरियो । विस्तारै अन्य जिल्लामा समेत कोरोना फैलियो ।वैशाख