विद्यार्थीहरुको भविष्य डामाडोल नहोस्, सरकारले कूटनीतिक पहल गरोस्

काठमाडौं। चीन र जापानमा अध्ययनका लागि जान चाहने विद्यार्थीलाई कूटनीतिक पहल गरेर पठाउने वातावरण मिलाउन संसद्को शिक्षा तथा स्वास्थ्य समितिले सरकारलाई निर्देशन दिएको छ। समितिकी सभापति जयपुरी घर्तीले चीन र जापानमा अध्ययनरत र अध्ययन गर्न जाने प्रक्रियामा रहेका विद्यार्थीहरुको समस्या समाधान गर्न शिक्षा, विज्ञान तथा प्राविधिक मन्त्रालयलाई निर्देशन दिएकी हुन्।