फाइनल डिसिजनका लागि देउवा, प्रचण्ड र नेपाल सिंहदरबारमा

काठमाडौं : विपक्षी दलहरु र नेकपा एमालको माधवकुमार नेपाल समूहको बैठक सिंहदरबारमा सुरु भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेसँगै विपक्षी दलका नेताहरुको संवाद बाक्लिएको हो। सिंहदरबारमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, माओवादीका नेता नारायणकाजी श्रेष्ठ, जसपाका…