टि–२० वरियतामा नेपालको एक स्थान सुधार

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी टि–२० वरियता एक स्थान सुधार गरेको छ। आईसीसीले आइतबार निकालेको टि–२० को नयाँ वरियताअनुसार नेपाल १३ औं स्थानमा रहेको छ। यसअघि नेपाल १४ औं स्थानमा रहेको थियो। टि–२० मा नेपालको हालसम्मकै उत्कृष्ट वरियता ११ औं स्थान हो। आईसीसीको नयाँ वरियताको शीर्ष स्थानमा इंग्ल्यान्ड, दोस्रो स्थानमा भारत र तेस्रो स्थानमा न्युजिल्यान्ड रहेको छ।