एमसीसीमा छलफलपछि सभामुखले भने – मेरो भूमिका ‘अम्पायर’को हो, निर्णायक दलहरू नै हुन्

सभामुख अग्निप्रसाद सापकोटाले संसदमा आफू ‘अम्पायर’ मात्रै भएको र निर्णायक भूमिकामा राजनीतिक दलहरू नै रहेका बताएका छन् ।  सिंहदरबारमा भएको सर्वदलीय बैठक सकेर बाहिरिने क्रममा संक्षिप्त प्रतिक्रिया दिँदै उनले संसद सञ्चालन गराउनेबारे बैठकमा छलफल भएको जानकारी दिए । ‘बैठकमा प्रस्तुत भएका सबैको धारणालाई गम्भीरतापूर्वक सुनेको छु । सभामुखको हैसियतले स्वतन्त्र हैसियतले निर्णय गर्नुपर्छ । मेरो भूमिका अम्पायरको मात्रै हो । निर्णायक त राजनीतिक दलहरू नै हुन्,’ सापकोटाले भने ।  ४ घण्टा चलेको ब...

सम्बन्धित सामग्री

एमसिसीमा सभामुखको भूमिका ‘अस्वाभाविक’

काठमाडौं, फागुन ८ । संसदीय व्यवस्थामा सभामुख ‘कार्यकारी’ भूमिकामा हुँदैनन्। सरकारले दिएको ‘बिजनेस’ सहजीकरण गर्ने मात्र उनको भूमिका हुन्छ। सभामुखले सदनमा सरकारका प्रस्ताव र तिनमा उठेका प्रश्नमाथि छलफल गराउने, मतमतान्तर गर्न मौका दिने सहजकर्ताको भूमिका निर्वाह गर्नेमात्र हो। संसद्को नेता प्रधानमन्त्री हो, सभामुख होइन। संवैधानिक कानुनका व्याख्याता डा। विपीन अधिकारी भन्छन्, ‘संसद्ले जन्माएका प्रधानमन्त्री नै […]

एमसीसीबारे सभामुखले भने : म त अम्पायर न हुँ, निर्णायक भूमिका त दलको हुन्छ

२ फागुन, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा दलहरुकै भूमिका निर्णायक हुने बताएका छन् । उनले आफू त रेफ्रीको भूमिकामा मात्र रहेको टिप्पणी गरे । सोमबार आफूले बोलाएको सर्वदलीय बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै सभामुख सापकोटाले भने, ‘मेरो भनाइ के हुन्छ भने म अम्पायर न हुँ निर्णायक भूमिका त दलको हुन्छ ।’ […]

सभामुखले सबैलाई समान व्यवहार गर्नुपर्छः सुवास नेम्वाङ

मोरङ – नेकपा एमाले नेता सुवास नेम्वाङले सभामुखले प्रमुख प्रतिपक्षी दललाई समान व्यवहार नगरेको बताएका छन्। विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग नेता नेम्वाङले सभामुख सबैको नेता भएको र नेताले सबैलाई समान व्यवहार गर्नुपर्नेमा जोड दिएका थिए। एमाले विभाजनका लागि यसअघि गरिएको आह्वानमा संसद् हतारमा स्थगन गरेको हुँदा सभामुखको भूमिका निष्पक्ष नदेखिएको बताए। एमालेले कारबाही गरेका सांसदको सूचना […]

सभामुखले एमाले विभाजनमा भूमिका खेल्नुभयो, उचित जवाफ दिनुपर्छ : एमाले

नेकपा एमालेका नेता योगेश भट्टराईले सभामुखको भूमिका निष्पक्ष नभएकाले बाध्य भएर एमालेले संसद् अवरोध गर्नुपरेको बताएका छन् । ‘संसद्मा सत्तापक्ष, प्रतिपक्ष र सभामुख हुन्छन् । सभामुख सत्तापक्षको पनि होइन, प्रतिपक्षको पनि होइन, संसद्को नेता हो,’ एमाले स्थायी समिति बैठकपछि भट्टराईले भने,‘उहाँले संसद्को नेताको रूपमा भन्दा सत्तापक्षको सदस्यको रूपमा ज्यादा भूमिका खेल्नुभयो । पदीय आचरणविपरीत नेकपा एमालेको विभाजनमा भूमिका खेल्नुभयो भन्ने हाम्रो टिप्पणी छ र यो आम टिप्पणी हो । त्यसमा उहाँले

एमालेका सांसद कराइरहे, सभामुखले बैठक चलाइरहे...

काठमाडौं : प्रमुख विपक्षी दल नेकपा एमालेको नाराबाजीबीच सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठक निरन्तर अगाडि बढाएका छन्। माधव नेपालसहित १४ सांसदको कारबाही रोकेर सभामुखले पार्टी विभाजनमा भूमिका खेलेको भन्दै एमालेले संसद् बैठक अवरोध गरेको हो। बैठकमा एमाले सांसदले सभामुख सापकोटाविरुद्ध निरन्तर नाराबाजी गरिरहे।  तर, नाराबाजीबीच अर्थमन्त्री जनार्दन शर्माले आर्थिक अध्यादेश पेश गरेका छन्। एमालेको निरन्तर अवरोधपछि अर्थमन्त्री शर्मा रोष्ट्रममा दौडिएर पुगेका थिए। बैठकमा बजेटसम्बन्ध

सभामुखले एमालेलाई स्मरण गराए संविधानको धारा १०५

काठमामाडौँ– संसद् बैठक अवरोध गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले एमालेका सांसदहरूलाई संविधानको धारा १०५ बारम्बार स्मरण गराएका छन् । एमाले विभाजनमा सभामुख सापकोटाको भूमिका रहेको भन्दै एमालेले आरोप लगाउँदै आएको छ । सभामूख एमाले विभाजनको मतियार भन्दै एमालेले संसद बैठक अवरोध गरिरहेको छ । एमालेले बैठक अवरोध गरेपछि सभामुखले संविधानको धारा १०५ स्मरण गराएका हुन् । […]

सभामुखलाई एमालेले सोध्यो प्रश्न– दल विभाजनमा किन भूमिका निर्वाह गरेको ?

नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले नेकपा एमालेले कारवाही गरेका सांसद बचाउन र एमाले टुक्रयाउन किन भूमिका निर्वाह गरेको भनेर सभामुख अग्निप्रसाद सापकोटालाई प्रश्न गरेका छन् ।प्रतिनिधिसभाको बुधबार बसेको बैठकको सुरुमै सभामुखले उनलाई बोल्न समय दिएका थिए । उनले बैठकको ध्यानाकर्षण गराउँदै दल विभाजनको मतियार किन बनेको भन्दै सभामुख सापकोटा समक्ष प्रश्न गरे ।उनले एमालेको पार्टी कमिटीका १० जना सदस्यलाई कारवाही गरेको पत्र निर्वाचन आयोगलाई बुझाएको तर आयोगले त्यसलाई समेत बेवास्ता गरेको आरोप लगाए । तीसम

सभामुखले एमसीसी रोक्नुभएको हो, अब के गर्नुहुन्छ हामी हेर्छौं– ईश्वर पोखरेल

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले एमसीसी संसद्मा ल्याउन सभामुख अग्निप्रसाद सापकोटालाई नै चुनौती रहेको बताएका छन् । विराटनगरमा आइतवार सञ्चारकर्मीहरूसँग कुरा गर्दै पोखरेलले भने– ‘हिजो सभामुखले नै रोक्नुभएको थियो, अब के भनेर अगाडि बढाउनुहुन्छ, हामी हेर्छौं ।’ पोखरेलले एमसीसीका विषयमा पार्टीभित्र छलफल नभएको पनि बताए । संसद्मा सभामुखको भूमिका हेरेर अगाडि बढ्ने उनको भनाइ थियो । ‘हिजो एमाले नेतृत्वको सरकारले एक किसिमको धारणा बनाएको थियो,’ पोखरेलले भने, ‘अब उहाँ (स...