अमेरिकाले नमानेको अन्तर्राष्ट्रिय मजदुर दिवस : मे डे मनाउन अझै पनि अमेरिकी मजदुरहरु संघर्ष गर्दैछन्

मे १, संसारभर मजदुर दिवसको रुपमा मनाइँदै छ। अमेरिकी मजदुरहरुले कामको अवधि घटाउन गरेको लडाइँको सम्झनामा मनाइँदै आएको अन्तर्राष्ट्रिय मजदुर दिवसलाई भने अमेरिकाले नै मान्यता दिएको छैन। अमेरिकामा मे १ लाई ‘लोयल्टी डे’को रुपमा मनाइँदै आएको छ। विदेशी युद्धका भेट्रानहरुले कम्युनिस्ट प्रभावविरुद्ध हरेक वर्ष मे १ मा र्‍यालीको आयोजना गर्छन्।…

सम्बन्धित सामग्री

चिया मजदुर आन्दोलन

बुधबार संसाभर १३० औं अन्तर्राष्ट्रिय मजदुर दिवस भव्यताका साथ मनाइरहँदा पूर्वी नेपालमा भने फरक दृष्य देखियो । चिया उत्पादनका लागि देश विदेशमा नाम कमाएको पूर्वी नेपालका चिया बगानकै मजदुरहरू भने एक महिनादेखि आन्दोलनमा छन् र उनीहरूले मजदुर दिवसलाई उल्लासका साथ मनाउन पाएनन् । मजदुर आन्दोलनको चुरो खोतल्दै जाने हो भने पनि झनै फरक दृष्य देख्न सकिन्छ किनकी पूर्वी नेपालका चिया बगानमा कार्यरत मजदुर न्यूनतम दैनिक ज्याला नपाएरै आन्दोलनमा होमिएका हुन् ।