अभियान टिप्स : ह्याकरबाट यसरी सुरक्षित राखौं मोबाइल फोन

काठमाडौं। प्रविधिको वर्तमान समयमा मोबाइल फोन नबोक्ने मानिस शायदै भेटिन्छन् । दैनिक जीवनमा अनिवार्यजस्तै बनेको मोबाइल फोनको साथ यस्तो बनेको छ कि योविना एकछिन बस्न पनि गाह्रो हुन्छ । तर फोनको सुरक्षाको विषयमा भने हामीले कमै मात्र ध्यान दिएका हुन्छौं ।  हामीले प्रयोग गर्ने मोबाइल असुरक्षित हुन सक्छ, जसले हाम्रा महत्त्वपूर्ण सूचना अन्य व्यक्ति वा ह्याकरको पहुँचमा समेत पुर्‍याइरहेको हुन सक्छ । मोबाइल चलाउँदा, एप्लिकेसन डाउनलोड गर्ने बेला होश नपुर्‍याउँदा वा लापरबाही गर्दा ठूलो दु:ख मात्रै नभई क्षतिसमेत बेहोर्नुपर्ने हुन सक्छ । यसकारण फोनलाई सधैं सुरक्षित राख्न जरुरी छ । निम्न उपायबाट हुन सक्छ फोनको सुरक्षा  गूगल प्लेस्टोर वा एपस्टोर (अफिसियल, रिपुटेड एप स्टोर)बाट रेटिङ तथा रिभ्यूको आधारमा मात्रै एप डाउनलोड गरी इन्स्टल गर्नुपर्छ ।  एप इन्स्टल गर्दा एपले क्यामेरा एक्सेस/लोकेसन ट्र्याकिङ/ कन्ट्र्याक्ट/भिडियो/अडियो/फाइलमा पहुँचको अनुमति माग गरेमा डिनाइ टुल्स क्लिक गर्नु राम्रो हुन्छ ।  कुनै पनि एप इन्स्टल गर्नुभन्दा अगाडि सो एपसँग सम्बन्धित प्राइभेसी पोलिसी अनिवार्य पढ्नुपर्छ । एपले मोबाइलको कुन कुन डेटामा पहुँच माग्छ र एपमार्फत तेस्रो पक्षहरूसम्म पुग्ने व्यक्तिगत विवरण सम्बन्धमा जानकारी राख्नुहोस् । साधारण मोबाइलमा बलियो पासवर्ड तथा स्मार्टफोन भए डिजिटल औंठाछाप जस्ता बायोमेट्रिक लगइन प्रयोग गर्नुपर्छ । पासवर्ड समय समयमा परिवर्तन गर्नुहोस् । स्मार्टफोनलाई जेलब्रेकर रूटबाट प्रयोग गर्नु हुँदैन । भेटिएको स्मार्टफोनको प्रयोग कहिल्यै नगर्नुहोस् । प्रयोग नभएको बेला मोबाइल फोन लक गरेर राख्नुहोस् । साथै अटोलक हुने गरी फोनको सेटिङमा कन्फिगर गर्नुहोस् ।  मोबाइल फोनको सफ्टवेयर (अपरेटिङ सिस्टम/एप्लिकेसन)लाई नियमित रूपमा अपडेट तथा मोबाइल फोनको सुरक्षाका लागि सधैं प्रमाणित फायरवाल/एन्टीभाइरस र मोबाइल सेक्युरिटी सोलुसन प्रयोग गर्नुहोस् ।  प्रयोग नहुने बेला मोबाइल फोनको वाइफाइ, ब्लुटुथ, मोबाइल डेटा आदि बन्द गरेर राखौं । अरूले आफ्नो मोबाइल फोन प्रयोग गर्न नसक्ने गरी, मोबाइल ट्र्याकिङ हुन सक्ने गरी सेटिङ गरौं । मोबाइलमार्फत डिजिटल कारोबार गर्दा असुरक्षित हुने नि:शुल्क सार्वजनिक वाइफाइ/हटस्पटको प्रयोग नगरौं । मोबाइल ह्याण्डसेटमा हुने महत्त्वपूर्ण/संवेदनशील डेटाको ब्याकअप राखौं ।  मल्टी–फ्याक्टर अथेन्टिकेसन, जस्तै टू फ्याक्टर अथेन्टिकेसन (मोबाइल नम्बर, ओटीपी, फिङ्गर प्रिन्ट इत्यादि)को प्रयोग गर्नुहोस् । अपरिचित मोबाइल नम्बर, इमेल, ह्वाट्सएप, भाइबर, म्यासेन्जर आदिबाट आएको सन्देश, फोन कल लगायतको रिप्लाई/रेस्पोन्स नगर्नुहोस् ।  फ्री वेयर, पाइरेटेड सफ्टवेयर, गेम, फ्री म्युजिक, भिडियो, अश्लील सामग्री उपलब्ध हुने जस्ता असुरक्षित वेबसाइट प्रयोग गर्नुहुँदैन । पपअप लिकंमा जथाभावी क्लिक नगर्नुहोस् । मोबाइल फोनलाई सजिलै अरूको पहुँच पुग्नेगरी नछाड्नुहोस् ।