नेपाली सेनामा रोजगारीको अवसर, ४ हजार सैन्यको आवश्यकता

चैत  १७, काठमाडौं । नेपाली सेनाले सैन्य पदका लागि आवेदन आह्वान गरेको छ । १८  वर्षदेखि २२ वर्ष उमेर समूहका नेपाली नागरिकले आवेदन दिनसक्ने छन् ।  नेपाली सेनाले बिहीवारबाट वैशाख १६ गतेसम्म आवेदन दिन सकिने बताएको छ । खुला तथा समावेशीसहित ४ हजार सैन्य पदका लागि भर्ना खोलिएको हो । खुलातर्फ २ हजार ९८, कर्तब्य पालनाका क्रममा ज्यान गुमाएका नेपाली सेनाका सन्ततीका लागि ११०, महिला ३५८, आदीबासी जनजातीतर्फ ५७२, मधेसी ५०५, दलित २७२ र पिछडिएको क्षेत्रबाट ८५ जनासहित जम्मा ४ हजार पदका लागि आवेदन आह्वान गरिएको हो ।  नेपाली सेनाको विभिन्न जिल्लास्थित ब्यारेक तथा गणबाट आवेदन  दिन सकिनेछ ।

सम्बन्धित सामग्री

प्यासिफिकमा आईभीएफ स्टाफ नर्स र फर्मासिस्टको आवश्यकता

कुपन्डोलस्थित प्यासिफिक मल्टिस्पेसियालिटी क्लिनिकमा ईनभिट्रो फर्टिलाइजेसन (आईभीएफ) स्टाफ नर्स र फर्मासिस्टका लागि रोजगारीको अवसर खुलेको छ।

प्यासिफिकमा आईभीएफ स्टाफ नर्स र फर्मासिस्टको आवश्यकता

कुपन्डोलस्थित प्यासिफिक मल्टिस्पेसियालिटी क्लिनिकमा ईनभिट्रो फर्टिलाइजेसन (आईभीएफ) स्टाफ नर्स र फर्मासिस्टका लागि रोजगारीको अवसर खुलेको छ।

रोजगारीको अवसर: प्रशिक्षकदेखी चालकसम्म माग

काठमाडौं । नेपाल बनेपा बहुप्राविधिक शिक्षालय बनेपाले कर्मचारी माग गरेको छ । शिक्षालयले होटल मेनेजमेन्ट प्रशिक्षक पदका लागि २ जना, कम्प्युटर प्रशिक्षक पदका लागि २ जना, इलेक्ट्रिकल सहायक प्रशिक्षक पदका लागि १ जना र हलुका सवारी चालक पदका लागि १ जना गरि जम्मा ६ जना कर्मचारी माग गरेको छ ।  शिक्षालयले मंगलवार करारमा कर्मचारी आवश्यकता सम्बन्धी सूचना प्रकाशित गर्दै परिषद् सेवा करारमा व्यक्ति छनोट गरिने जानकारी दिएको हो । तोकिएको योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले सूचना प्रकाशित भएको मितिले १० दिन (२०८०/०२/०४ गते बिहीवार) कार्यालय समयभित्र तोकिएको विवरण सहित शिक्षालयमा दरखास्त पेश गर्नुहुन आवहान गरिएको छ । हेर्नुहोस् सुचना

छिमेक लघुवित्तमा रोजगारीको अवसर : सहायक अधिकृतदेखि सहायक प्रबन्धकसम्मको आवश्यकता

जेठ २३, काठमाडौं। छिमेक लघुवित्त वित्तीय संस्थाले सहायक अधिकृतदेखि विभिन्न पदका लागि कर्मचारी माग गरेको छ ।  कम्पनीले आइतवार सूचना जारी गर्दै सहायक अधिकृतसहित सहायक प्रबन्धक पदका लागि केहि कर्मचारी खुला प्रतियोगिताबाट  पदपूर्ति  गर्न  लागेको बताएको छ । कम्पनीले तोके बमोजिम योग्यता पुगेका उम्मेदवारले आगामी असार १२ गतेभित्र कम्पनीको मेल ठेगानामा दरखास्त दिन सक्नेछन् ।

नेपाली सेनामा रोजगारीको अवसर, पाइलटदेखि कम्प्युटर प्राविधिकसम्मको आवश्यकता

चैत १४, काठमाडौँ । नेपाली सेनाले विभिन्न प्रविधिक पदका लागि भर्ना खुला गरेको छ । सेनाले लेखा उप - सेनानी, प्राडा उप - सेनानी, पाइलट उप - सेनानी तथा विभिन्न टेडका प्रविधिक अधिकृत पदहरुको लागि सोमवार सूचनामार्फत दरखास्त आव्हान गरेको हो । त्यसैगरी, उप- सेनानी एमबीबीएस डाक्टरतर्फ ५० जना, लेखा उपसेनानीतर्फ ४० जाना, सैनिक उपचारिका उप- सेनानीतर्फ १८ जना, कम्प्युटर प्राविधिक उप- सेनानी १६ जना साथै अन्य २५  ओटा पदका लागि १९४ जना प्राविधिक अधिकृत माग गरिएको सूचनामा उल्लेख छ ।  इच्छुक उमेद्वार पुरुषको हकमा १८ वर्ष पूरा भई २९ ननाघेको र महिलाको हकमा १८ वर्ष पूरा भई ३० ननाघेको हुनुपर्नेछ । साथै इच्छुक उमेरद्वारले वैशाख १३ गतेसम्म अनलाईनबाटै आवेदन दिन सक्नेछन् ।

भरतपुर अस्पतालमा डाक्टर, नर्ससहित २५ कर्मचारीका लागि रोजगारीको अवसर

चितवनस्थित भरतपुर अस्पतालमा डाक्टर, नर्ससहित २५ जना कर्मचारीका लागि रोजगारीको अवसर खुलेको छ। अस्पतालले कर्मचारी आवश्यकता सम्बन्धी सूचना निकाल्दै आवेदन माग गरेको छ।