काठमाडौं : सुर्खेतमा आज भएको मिनी बस दुर्घटनामा दुई जनाएको मृत्यु भएको छ।दैलेखको बेस्तडाबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेश ००१ ख ०१६६ नम्बरको बस सुर्खेतको लादे ओरालोमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।प्रहरीका अनुसार मृत्यु हुनेमा दैलेखको नारायण नगरपालिका–११ का सुशील राउत र भगवती गाउँपालिका–१ की ३४ वर्षीया शान्ता थापा आचार्य छन्। दुर्घटनामा गम्भीर घाइते उनीहरुको अस्पताल पुर्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।मृतक श