नवजीवनको मुनाफा १४ करोड

नवजीवन सहकारी संस्थाले पछिल्लो वर्ष १४ करोड रुपैयाँ मुनाफा गरेको छ ।संस्थाको २८ औं वार्षिकोत्सवको अवसरमा सार्वजनिक गरिएको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७७/०७८ मा १२ करोड २३ लाख र चालु वर्षको चार महिना एक करोड ८७ लाख रुपैयाँ मुनाफा भएको छ । संस्थाले मंगलबार पत्रकार सम्मेलन गरी तीन अर्ब ६० करोड रुपैयाँ कर्जा प्रबाह गरेको […]

सम्बन्धित सामग्री

तेस्रो त्रैमासमा मिथिला लघुवित्तको नाफा १.७५% घट्यो

वैशाख २३, काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आवको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको खुद नाफा १ दशमलव ७५ प्रतिशत घटेको छ ।  गत आर्थिक वर्षको चैत मसान्तसम्ममा रू. ५ करोड ११ लाख रहेको कम्पनीको नाफा चालू आवको सोही अवधिमा घटेर रू. ५ करोड २ लाखमा सीमित भएको छ । कम्पनीको सञ्चालन मुनाफा पनि ३ दशमलव ७१ प्रतिशतले घटेको छ । कम्पनीले तेस्रो त्रैमासमा रू. ६ करोड ४२ लाख सञ्चालन मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा यो कम्पनीले सञ्चालन मुनाफा ६ करोड ६७ लाख रूपैयाँ आर्जन गरको थियो ।  एक वर्षको अवधिमा कम्पनीको जगेडा कोषमा १२ दशमलव २७ प्रतिशत रकम बढेको छ । गत आवको तेस्रो त्रैमाससम्म कम्पनीको जगेडा कोषमा १३ करोड १७ लाख रुपैयाँ थियो भने चालू आवको सोही अवधिमा उक्त कोषमा १४ करोड ७९ लाख रुपैयाँ कायम भएको छ ।   समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ९ दशमलव ३९ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ६ दशमलव ८२ प्रतिशत बढेको छ ।  कम्पनीको खराब कर्जा ३ दशमलव ४९ प्रतिशत छ । वित्तीय विवरण अनुसार हाल यो कम्पनीको प्रतिशेयर आम्दानी ४९ दशमलव १७, मूल्य आम्दानी अनुपात ३० दशमलव ५१ गुणा छ भने प्रतिशेयर नेटवर्थ २०८ दशमलव ५१ छ ।  हाल कम्पनीको चुक्तापूँजी १३ करोड ६३ लाख रुपैयाँ रहेको छ । एक वर्षको अवधिमा कम्पनीको चुक्तापूँजी १२ प्रतिशतले वृद्धि भएको हो । गत वर्षको चैतसम्ममा यो कम्पनीको चुक्तापूँजी १२ करोड १७ लाख रुपैयाँ थियो ।

मस्कले अमेरिकालाई तिर्नु पर्ने कर ११ अर्ब डलर, टेस्लाको शून्य

फागुन १, सन फ्रान्सिस्को (अमेरिका) । अमेरिकी अर्बपति व्यापारी एनल मस्कले सन् २०२१ को लागि आफूले अमेरिकालाई करीब ११ अर्ब डलर कर तिर्ने बारम्बार बताएका छन् । हुनत उनले यसो भन्दा धेरै कर तिर्नुपर्यो भनेर गुनासो गरेको पनि हुन सक्छ । यो अमेरिकाको संघीय सरकारलाई कुनै व्यक्तिले तिरेको अहिलेसम्मकै धेरै कर हुने दाबी उनले गरेका छन् । मस्कले कीर्तिमानी स्तरमा कर तिर्दा उनको कम्पनी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाले भने संघीय सरकारलाई एक सेन्ट पनि नतिर्ने देखिएको छ । संघीय सरकारलाई कर बुझाउने योजना टेस्लाको निकट भविष्यमा समेत कुनै योजना नभएको देखिएको छ । कम्पनीले हालै गत वर्ष टेस्लाको लागि अहिलेसम्मकै धेरै मुनाफा मुलक भएको तथ्यांक सार्वजनिक गरेको छ । सन् २०२१ मा टेस्लाको खूद मुनाफा ५ अर्ब ५० करोड डलर थियो । समायोजनपछिको आम्दानी ७ अर्ब ६० करोड डलर छ । कम्पनीले हालै अमेरिकाको सेक्युरिटिज एन्ड एक्सचेञ्ज कमिशन (सेक) मा बुझाएको वार्षिक वित्तीय फाइलिङको फूटनोटमा भने अमेरिकी व्यवसायमा कम्पनीलाई गत वर्ष १३ करोड डलर घाटा भएको बताइएइको छ । कुल विक्रीको ४५ प्रतिशत अमेरिकी बजारमा भएको भएपनि कम्पनीको कर पूर्वको सारा मुनाफा सबै विदेशमा भएको व्यवसायबाट आएको बताइएको छ । विदेशमा टेस्लाको कर ८३ करोड ९० लाख रहेको फूटनोटमा बताइएको छ । राज्यलाई तिुर्न पर्ने कर ९० लाख डलर छ भने संघीय करको आकार शून्य छ। कम्पनीको अमेरिकी व्यवसायले घाटा बेर्होनुमा अमेरिकी बहुराष्ट्रिय कम्पनीहरुबीचको साझा अभ्यासका कारण भएको हुन सक्ने अमेरिकी कर  विज्ञ ट्याक्स एनालिष्टका प्रमुख अर्थशास्त्री मार्टिन सुलिभान बताउँछन् । कर योग्य आम्दानी थोरै देखाउन वा कर नै नतिर्न अमेरिकी बहुराष्ट्रिय कम्पनीहरुमा विदेशमा सहायक कम्पनीहरु खोल्ने प्रवृत्ति देखिएको छ । उदाहरणका लागि कम्पनीले कुनै बौद्धिक सम्पत्ति विदेशमा रहेकामध्ये कुनै एउटा सहायक कम्पनीलाई दिन्छन्, अनि अमेरिकी व्यवसायलाई भने सोको प्रयोग बापत शुल्क तिराउँछन् । यस्तै खालका व्यवहारका कारण विदेशका व्यवसाय निकै नाफामा चल्दा पनि अमेरिकी व्यवसाय भने घाटामा चल्ने वा थोरै मात्रै नाफा कमाउने अवस्था सृजना हुन्छ । यस्तो नगर्नु अमेरिकी बहुराष्ट्रिय कम्पनीको हकमा कुरिती हुने सुलिभान बताउँछन् ।  अमेरिकाका बहुराष्ट्रिय कम्पनीहरुको ६१ प्रतिशत अन्तरराष्ट्रिय मुनाफा टयाक्स हेभेन देशहरु बर्मुडा, क्येमन्स, आयरल्यान्ड, लक्जेम्बर्ग, नेदरल्यान्ड स्वीटजरल्यान्ड र सिंगापुरमा भएको हालै अमेरिकी  अर्थमन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनले देखाएको छ । कर प्रणालीमा भएको छिद्रको प्रयोग गरेर वा कर तिर्नबाट टेस्लालगायत ठूला अमेरिकी कम्पनीहरु बच्ने गरेको भन्दै पछिल्लो समय आलोचकहरुले बताइरहेका छन् । यसरी मुनाफा र जागिर विदेशपार लैजाने प्रवृत्तिमा अन्त्य गर्ने प्रयास पनि भइरहेको छ । तर अहिलेसम्म अमेरिकाको संसद यसो गर्न असफल भइरहेको छ । कम्पनीले फाइलिङमा कुन देशमा टेस्लाले नाफा कमाइरहेको छ भनेर पनि भनेको छैन । यसबारे सोधिएको प्रश्नको उत्तर पनि दिएको छैन । कम्पनीले विगतमा भएको घाटा देखाएरै पनि अहिलेको आम्दानीमा तिर्नु पर्ने करबाट पनि बच्ने देखिन्छ । ‘क्यारी फवार्ड’ हुने खूद सञ्चालन घाटा देखाएर पनि कम्पनी कर तिर्नबाट सजिलै बच्न सक्ने विश्लेषकहरुले बताएका छन् । टेस्लाले एक दशकसम्म घाटा मात्रै बेहोरेको थियो सन् २०२० मा पहिलो पटक यसले नाफा कमाएको थियो । मस्कको दूर्लभ कर  हामी सर्वसाधारणहरुले त हरेक वर्ष आफ्नो वर्षभरिको आम्दानीमा कर बुझाउँछौं । विश्वका अति धनाढ्यहरुले त झन् कति धेरै कर तिर्लान् भन्ने प्रश्न तपाईहरुको मनमा पनि बारम्बार आएको हुन सक्छ । तर यिनीहरुले  झन आय कर नै नतिरेको सुन्दा तपाईहरुलाई अचम्म लाग्न सकछ । जेफ बेजोस, माइक्ल ब्लुम्बर्ग, वारेन बफेट र एलन मस्क लगायत सबैभन्दा धनीहरुले कयौं वर्ष अमेरिकाको संघीय सरकारलाई आय कर नै नतिरेको भन्दै गत वर्ष एउटा समाचार सार्वजनिक भएको थियो । सन् २०१८ मा यिनीहरु मध्ये कसैले पनि अमेरिकाको संघीय सरकारलाई एक सेन्ट पनि आय कर तिरेनन् ।  मस्कको कुरा  गर्नु पर्दा उनले टेस्लाबाट तलब नै लिदैंनन् । तलबको सट्टा उनले कम्पनीको प्रदर्शनका आधारमा बेच्न मिल्ने शेयर पाउँछन् । ती शेयर नचलाउँदा वा नबेच्दा सम्म उनले सरकारलाई कर तिर्नु पर्दैन । सन् २०२२ को अगष्टमा म्याद सकिन लागेका २ करोड २९ लाख कित्ता स्टक अप्शन मस्कले किन्नु पर्नेछ । गत वर्ष अतिरिक्त शेयर किन्न मस्कले ती अप्शनहरु चलाउन शुरु गरे । मस्कले २३ अर्ब ६० करोड डलर बराबरको शेयर किन्न १४ करोड २६ लाख डलर खर्च गरेका छन् । योसँगै सन् २०२१ को लागि उनको कर योग्य आय २३ अर्ब ५० करोड डलरमा पुगेको छ । अमेरिकामा संघीय करको कर ४१ प्रतिशत छ । मस्कले आफूसँग पहिला नै भएको अतिरिक्त शेयरमध्ये केही शेयर पनि बेचेका थिए । यसमा पनि उनले पूँजीगत लाभ कर तिर्नु पर्छ । यी सबैले गर्दा सन् २०२१ मा मस्कले तिर्न पर्ने संघीय आय कर ११ अर्ब डलर पुगेको हो । मस्कले गएको वर्ष थप ८४  लाद कित्ता स्टक अप्शन पाएका छन् । योसँगै उनीसँग कूल ६ करोड ७५ लाख स्टक अप्शन छ । तर यी स्टक अप्सनको म्याद सन् २०२८ मा मात्रै गुज्रिनेछ । यी शेयर चलाउन उनीसँग अझै पाँच वर्षको समय छ । एजेन्सीको सहयोगमा

५०.५ प्रतिशतले बढ्यो महिला लघुवित्तको नाफा, ईपीएस ११०.९७ रुपैयाँ

अचालु आर्थिक वर्ष ७८/७९ को दोस्रो त्रैमासमा महिला लघुवित्तको खुद नाफा ५०.५ प्रतिशतले बढेको छ । कम्पनीले आघिल्लो आर्थिक वर्षको यहि अवधिमा ५ करोड ४३ लाख खुद नाफा कमाएकोमा चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीको खुदनाफा बढेर ८ करोड १८ लाख पुगेको हो ।कम्पनीको ९ करोड राइट ब्याकपछि संचालन मुनाफा घटे पनि खुद नाफा भने बढेको हो । यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ४६.९६ प्रतिशतले बढेर १४ करोड ४९ लाख पुगेको छ ।कम्पनीको सापटी २९.९ प्रतिशतले बढेर २ अर्ब ४४ करोड पुगेको छ भने कम्पनीको कर्जा प्रवाह ३८.९४ प्रतिशतले बढेर ३ अर्ब ९१ करोड पुगेको छ । त्यस्तै निक्षेप ४३.५७ प्रतिशतले बढेर १ अर्ब १२ करोड पुगेको छ ।१४ करोड चुक्ता पुँजी रहेको कम्पनीको रिजर्भमा २३ करोड १७ लाख रहेको छ । समिक्षा अवधिमा कम्पनीको प्रति शेयर आम्दान ११०.९७ रुपैयाँ , प्रति शेयर नेटवर्थ २५७.१३ रुपैयाँ र पीई रेसियो ३३.१६ रुपैयाँ रहेको छ ।

फर्स्ट माइक्रोफाइनान्सको दोस्रो त्रैमाससम्मको वितरणयोग्य नाफा करीब ७ करोड

माघ ५, काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले बुधवार चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।  उक्त विवरण अनुसार कम्पनीको वितरणयोग्य मुनाफा रू. ६ करोड ९६ लाख ८१ हजार रहेको छ । यस वर्ष कम्पनीको खुद नाफा ३८ दशमलव ११ प्रतिशत वृद्धि भएको छ । गत वर्ष रू. ७ करोड ५६ लाख १६ हजार खुद नाफा गरेको कम्पनीले यस वर्ष रू. १० करोड ४४ लाख ३२ हजार यो नाफा गरेको हो ।  सञ्चालन नाफा गत वर्षभन्दा ४५ दशमलव ११ प्रतिशत बढेकाले यसवर्ष कम्पनीको नाफा बढ्नमा सहयोग मिलेको हो । गत वर्ष रू. १० करोड २५ लाख ६८ हजार सञ्चालन नाफा गरेको कम्पनीको यस वर्ष यो नाफा रू. १४ करोड ८८ लाख ३५ हजार छ ।  खुद ब्याज आम्दानी पनि यस वर्ष गत वर्षभन्दा ५० दशमलव शून्य ४ प्रतिशत बढी भएको छ । गत वर्ष रू. १२ करोड १५ लाख १३ हजार रहेको खुद ब्याज आम्दानी यस वर्ष रू. १८ करोड २३ लाख १८ हजार भएको छ । १० प्रतिशत बोनस शेयर वितरण गरी रू. ९६ करोड ४४ लाख ९२ हजार चुक्तापूँजी कायम गरेको कम्पनीको जगेडा कोष रकम रू. १५ करोड २४ लाख २४ हजार रहेको छ । रिटेन्ड अर्निङमा रू. ११ करोड १५ लाख ९१ हजार छ । यस वर्ष कम्पनीको जगेडा कोष रकम शून्य दशमलव १५ प्रतिशत घटेको हो भने रिटेन्ड अर्निङ १३ दशमलव शून्य ३ प्रतिशत बढेको हो ।  यस वर्ष गत वर्षभन्दा १० दशमलव ७७ प्रतिशत बढी रू. ९ अर्ब ५३ करोड ८८ लाख ११ हजार कर्जा सापटी लिएको कम्पनीले गत वर्षभन्दा २० दशमलव ७५ प्रतिशत बढी रू. ९ अर्ब ८५ करोड २८ लाख ९७ हजार कर्जा प्रवाह गरेको छ ।  निष्क्रिय कर्जा शून्य रहेको कम्पनीको दोस्रो त्रैमाससम्म प्रतिशेयर आम्दानी रू. २१ दशमलव ६६ र प्रतिशेयर नेटवर्थ रू. १२७ दशमलव ३७ छ ।                                    स्रोतः कम्पनीद्वारा जारी दोस्रो त्रैमाससम्मको वित्तीय विवरण

३८ प्रतिशतले बढ्यो फर्स्ट माइक्रोफाइनान्सको खुद नाफा, ईपीएस २१.६६ रुपैयाँ

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा फर्स्ट माइक्रोफाइनान्सको खुद नाफा ३८.११ प्रतिशतले बढेको छ । आघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीले ७ करोड ५६ लाख खुद नाफा कमाएकोमा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले १० करोड ४४ लाख खुद नाफा कमाएको हो । यस अवधिमा कम्पनीको वितरणयोग्य मुनाफा ६ करोड ९६ लाख रहेको छ । कम्पनीको खुद ब्याज आम्दानी ५०.०४ प्रतिशतले बढेर १८ करोड २३ लाख पुगेको छ भने संचालन मुनाफा ४५.११ प्रतिशतले बढेर १४ करोड ८८ लाख पुगेको छ । समिक्षा अवधिमा कम्पनीको प्रति शेयर आम्दानी २१.६६ रुपैयाँ, पीई रेसियो ४३.४ रुपैयाँ, प्रति शेयर नेटवर्थ १२७.३७ रुपैयाँ, कोषको लागत ८.५९ रुपैयाँ, बेस रेट १०.३८ प्रतिशत, र स्प्रेड रेट ३.२९ प्रतिशत रहेको छ । यस अवधिमा कम्पनीले ९ अर्ब ५३ करोड सापटी लिएको छ भने ९ अर्ब ८५ करोड कर्जा प्रवाह गरेको छ ।

कामना सेवा विकास बैंकले दोस्रो त्रैमाससम्म कमायो ३४ करोडभन्दा बढी नाफा

माघ ४, काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गर्नेमा कामना सेवा विकास बैंक पहिलो बनेको छ ।  कम्पनीले मंगलवार दोस्रो त्रैमाससम्मका वित्तीय विवरण सार्वजनिक गरेको हो । उक्त विवरण अनुसार कम्पनीको खुद नाफा गत वर्षभन्दा यस वर्ष करीब १२ प्रतिशतले घटेको छ । गत वर्षको दोस्रो त्रैमाससम्म रू. ३९ करोड ४७ हजार खुद नाफा गरेको कम्पनीले यस वर्ष सोही अवधिसम्म रू. ३४ करोड ३६ लाख ८१ हजार मात्र यो नाफा गरेको हो । गत वर्षभन्दा यस वर्ष कम्पनीको सञ्चालन नाफा ४१ दशमलव ५१ प्रतिशत वृद्धि भएको छ । गत वर्ष रू. ३४ करोड ६९ लाख ५६ हजार सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष रू. ४९ करोड ९ लाख ७३ हजार यो नाफा गरेको हो । सञ्चालन नाफा वृद्धि भए पनि कम्पनीको गैर सञ्चालन आम्दानी कम भएकाले खुद नाफा घट्न पुगेको हो । गत वर्ष रू. २१ करोड २ लाख ५४ हजार रहेको गैर सञ्चालन आम्दानी यो वर्ष रू. ९२ लाख ९१ हजारमा सिमित भएको हो ।  गत वर्षभन्दा यस वर्ष कम्पनीको वितरणयोग्य मुनाफा पनि ६४ दशमलव ४१ प्रतिशत कम भएको छ । गत वर्ष रू. २७ करोड १९ लाख ५७ हजार रहेको वितरण योग्य मुनाफा यस वर्ष रू. ९ करोड ६७ लाख ९२ हजारमा सीमित भएको हो । यस वर्ष १८ दशमलव ५० प्रतिशत बोनस शेयर वितरण गरी कम्पनीको चुक्तापूँजी रू. ३ अर्ब १४ करोड २५ लाख ७७ हजार पुगेको छ । कम्पनीको जगेडा कोष रकम भने गत वर्षभन्दा यस वर्ष ४२ दशमलव ८५ प्रतिशत बढेको छ । गत वर्ष रू. ६५ करोड ८७ लाख ५५ हजार रहेको जगेडा कोष रकम यस वर्ष रू. ९४ करोड १० लाख ३० हजार पुगेको हो । रिटेन्ड अर्निग भने गत वर्षभन्दा ८१ दशमलव ६५ प्रतिशत घटेको छ । गत वर्ष रू. ५२ करोड ७५ लाख २१ हजार रहेको रिटेन्ड अर्निग रकम यस वर्ष रू. ९ करोड ६७ लाख ९२ हजारमा झरेको हो । गत वर्षभन्दा यस वर्ष कम्पनीको निक्षेप संकलन ७ दशमलव ९९ प्रतिशत वृद्धि भएको छ भने कर्जा प्रवाह ११ दशमलव ५० प्रतिशत बढेको छ । गत वर्ष रू. ४४ अर्ब २० करोड ६ लाख ५ हजार निक्षेप संकलन गरेको कम्पनीले यस वर्ष रू. ४७ अर्ब ७३ करोड २४ लाख ७८ हजार निक्षेप संकलन गरेको हो । त्यस्तै गत वर्ष रू. ३८ अर्ब ५८ करोड ५ लाख ५० हजार कर्जा प्रवाह गरेको कम्पनीले यस वर्ष रू. ४३ अर्ब १ करोड ५५ लाख ३७ हजार कर्जा प्रवाह गरेको हो । गत वर्ष यस अवधिमा १ दशमलव ५९ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष १ दशमलव ७७ प्रतिशत कायम भएको छ । कम्पनीको दोस्रो त्रैमाससम्ममा प्रतिशेयर आम्दानी रू. २१ दशमलव ८७ र प्रतिशेयर नेटवर्थ रू. १३३ दशमलव शून्य २ छ ।

नबिल बैंकले घोषणा गर्यो बैंकहरुमै धेरै लाभांश, नगद र बोनस कति ?

नबिल बैंकले बैंकहरुमै अहिलेसम्मकै बढी लाभांश दिने भएको छ। बैंकको आज मंगलबार बसेको संचालक समितिले गत आर्थिक बर्षको कमाईबाट ३८ प्रतिशत लाभांश दिने भएको हो। बैंकले प्रस्ताव गरेको लाभांशमा ३३।६ प्रतिशत बोनस सेयर र ४।४ प्रतिशत नगद लाभांश रहेको छ। बैंकले घोषणा गरेको यो लाभांश पछिल्लो चार बर्ष यताकै उच्च हो। बैंकले अहिले कायम चुक्तापुंजीको ३८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो। अहिले बैंकको चुक्ता पुंजी १३ अर्ब ८४ करोड रहेको छ। बोनस सेयर बितरण पश्चात बैंकको चुक्ता पुंजी करिब १८ अर्ब पुग्नेछ।  बैंकले गत आर्थिक बर्ष ४ अर्ब १४ करोड रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको थियो। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले र बैंकको आगामी बार्षिक साधारणसभाले पारित गरे पश्चात सेयरधनिहरुमा लाभांश वितरण हुनेछ।

टेस्लाले कमायो कीर्तिमानी मुनाफा

कात्तिक ४, सन फ्रान्सिस्को (अमेरिका) । अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्ला इंकले गएको गर्मीयाममा कीर्तिमानी संख्यामा विद्युतीय सवारी साधन बेचेको छ । कम्प्युटर चिप र अन्य सामग्रीको अभावबीच पनि कम्पनीले कीर्तिमानी मुनाफा कमाएको छ ।  कम्पनीले बुधवार बताएअनुसार तेस्रो त्रैमासमा टेस्लाले १ अर्ब ६२ करोड डलर नाफा कमाएको छ । योसँगै दोस्रो त्रैमासमा कायम भएको १ अर्ब १४ करोड डलर मुनाफको कीर्तिमान तोडिएको छ ।  मुनाफाको यो आकार गत वर्षको  सोही अवधिको तुलनामा पाँच गुणाभन्दा बढी हो । सन् २०२० को तेस्रो त्रैमासमा कम्पनीको मुनाफा ३० करोड डलर मात्रै थियो । जुलाईदेखि सेप्टेम्बर अवधिमा कम्पनीको आम्दानी १३ अर्ब ७६ करोड डलर रहेको छ । आम्दानीको यो आकार वाल स्ट्रिटले गरेको प्रक्षेपणभन्दा कम भएपछि अहिलेसम्मकै उच्च हो । सो अवधिमा टेस्लाको आम्दानी १४ अर्ब डलरभन्दा धेरै हुने अनुमान गरिएको थियो ।  समीक्षा अवधिमा कम्पनीले प्रतिकित्ता शेयरमा १ डलर ८६ सेन्ट मुनाफा गरेको छ । सो अवधिमा यो मुनाफा प्रतिकित्ता १ डलर ६२ सेन्ट रहने विश्लेषकहरुले अनुमान गरेका थिए । एजेन्सी

ग्लोबल आइएमई बैंकको नाफा २ अर्बमाथि

काठमाडौं । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २ अर्व १४ करोड खुद मुनाफा आर्जन गर्न सफल

ग्लोबल आइएमईको दोस्रो त्रैमाससम्ममा खुद मुनाफा २ अर्व १४ करोड

२६ माघ, काठमाडौं । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा रु. २ अर्व १४ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । उक्त मुनाफामा साविकको जनता बैंक नेपाल लि.को २०७६ मंसिर १९ …