डुङ्गेश्वर गाउँपालिकामा तालाबन्दी

दैलेख : दैलेखको डुङ्गेश्वर गाउँपालिकामा हटाइएका करार कर्मचारीहरूले तालाबन्दी गरेका छन्।करार सेवाबाट हटाउन नपाइने र करार सम्झौताको म्याद थप गर्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका कर्मचारीहरूले आज गाउँपालिकामा तालाबन्दी गरेका हुन्।गाउँपालिका उपाध्यक्ष कलावती न्यौपानेले करारमा कार्यरत कर्मचारीहरू हटाउने विषयमा छलफल र वार्ताका माध्यामबाट विवाद टुङ्ग्याउने भने पनि नेपाली कांग्रेसले अनावश्यक राजनीति गरेको बताइन्।उनले नेपाली कांग्रेसका नेताहरूले नेतृत्व गरेको अराजक टोलीले गाउँपालिकामा तालाब

सम्बन्धित सामग्री

अजयमेरु गाउँपालिकामा तालाबन्दी

अजयमेरु गाउँपालिकामा युवाले ताला लगाएका छन् । गाउँपालिकाको कार्यालयसँगै अध्यक्ष उमेशप्रसाद भट्ट विकास, उपाध्यक्ष वसन्ती पाल, निमित्त प्रमुख प्रशासकीय अधिकृत लाल सेठीको कार्यकक्षमा तालाबन्दी गरिएको हो । गाउँपालिकामा बढेको विवादका कारण कर्मचारीले असारपछि तलब नै नपाएको र सामाजिक सुरक्षा भत्तासमेत निकासा नहुँदा गाउँपालिकावासीलाई समस्या भएकाले तालाबन्दी गरिएको सुनील ठकुराठीले जानकारी दिनुभयो ।

करार सेवाबाट हटाएपछि कर्मचारी आन्दोलित

मोरङको बुढीगंगा गाउँपालिकामा तालाबन्दी गरिएको छ। करारको म्याद नथपेको भन्दै करार सेवामा कार्यरत २६ जना कर्मचारीले गाउँपालिकाको मुख्य गेटसहित अध्यक्ष जीननारायण थापा मगर र उपाध्यक्ष अमृताकुमार गच्छदारको कार्यकक्षमा तालाबन्दी गरेका हुन्।...

कर्मचारी छनोटमा अनियमितता भएको भन्दै गाउँपालिकामा तालाबन्दी

प्राविधिक शिक्षा पढाउने एक विद्यालयको कर्मचारी छनोटको क्रममा अनियमितता भएको भन्दै बझाङको छविस पाथीभेरा गाउँपालिकामा तालाबन्दी गरिएको छ ।

कोशी नाम खारेजीको माग राख्दै माई र माङसेबुङमा तालाबन्दी

फिक्कल : ‘कोशी’ प्रदेश नामकरण गरिएको विरोधमा इलामको माई नगरपालिका र माङसेबुङ गाउँपालिकामा तालाबन्दी गरिएको छ।‘कोशी’ नाम खारेज गर्नुपर्ने मागसहित पहिचान पक्षधर आन्दोलनकारीले पालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन्। ‘कोशी’ नाम खारेजी गरी पहिचानका आधारमा नामकरण गर्न मागसहित आन्दोलन घोषणा गरेको पुनः नामांकन संघर्ष समितिले यो प्रदेशमा चरणबद्ध आन्दोलन गर्दै आएको छ।यसअघि संघर्ष समितिले इलामको माङसेबुङ गाउँपालिकाका केही वडामा तालाबन्दी गरेको थियो। पहिचान पक्षधरले गत

माङ्सेबुङ गाउँपालिकामा तालाबन्दी

इलाम । प्रदेश १ को नाम ‘कोसी’ नामकरण गरेसँगै त्यसको विरोधमा इलामको माङ्सेबुङ गाउँपालिका र वडा कार्यालयमा तालाबन्दी भएको छ । ‘कोसी’ प्रदेश खारेज गरी पहिचान र सभ्यताका आधारमा प्रदेशको नाम ‘लिम्बुवान किरात’ पुनः नामकरण गर्न माग गर्दै तत्कालीन ‘लिम्बुवान किरात’ संयुक्त संघर्ष समितिले तालाबन्दी गरेको हो । ‘लिम्बुवान किरात’ संयुक्त संघर्ष समितिलाई ‘प्रदेश १ […] The post माङ्सेबुङ गाउँपालिकामा तालाबन्दी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

हुम्लाको अदानचुली गाउँपालिकामा तालाबन्दी

सुर्खेत बसेर हुम्लाको गाउँपालिका चलाएका अदानचुली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मेगनाथ शाही र लेखापाल दत्तबहादुर थापालाई गाउँपालिकामा हाजिरी गर्न रोकिएको छ ।  शाही र थापा चार महिनापछि बिहीबार गाउँपालिका कार्यालय...

जुम्लाको तिला गाउँपालिकामा तालाबन्दी

१५ बुँदे माग राख्दै नेपाली काँग्रेस जुम्लाले आइतबार साँझदेखि तिला गाउँपालिकामा अनिश्चितकालीन तालाबन्दी गरेको हो।...

रुपन्देहीको कोटहीमाई गाउँपालिकामा तालाबन्दी

रुपन्देहीको कोटहीमाई गाउँपालिकाका  कर्मचारी कार्यालयमा नआएको भन्दै वडा अध्यक्षहरुले पालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् । आइतबार वडा नम्बर ३ का अध्यक्ष चन्द्रभान यादव र ४ का अध्यक्ष ओमप्रकाश पाण्डेले असार मसान्तमा जनताको काम गर्ने बेलामा कोही पनि पालिका कार्यालयमा नआएकाले तालाबन्दी गरिएको जानकारी दिए । काम गर्ने बेलामा कर्मचारी नआएकोले आफुहरु बाध्य भएर तालाबन्दी गरिएको उनीहरुले बताए । कोटहीमाई गाउँपालिका रुपन्देहीको दणिक्षी क्षेत्र मर्चवारमा पर्दछ ।अध्यक्ष यादवले  गाउँपालिकामा अध्य

डोल्पाको मुड्केचुला गाउँपालिकामा तालाबन्दी

जाजरकोट : डोल्पाको मुड्केचुला गाउँपालिकाका युवाहरुले पालिकामा तालाबन्दी गरेका छन्। युवाहरुले बिभिन्न माग राखेर तालाबन्दी गरेका हुन्।चार वर्षको अवधिमा आठ जना प्रमुख प्रशासकीय अधिकृत बदलेको, सवै वडामा वडा सचिवको व्यवस्था गरिनुपर्ने लगायतका माग राखेर युवाहरुले तालाबन्दी गरेका छन्। नौ वटा वडा रहेको मुड्केचुलाका कुनै पनि वडामा सचिव छैनन्।करारका कर्मचारीबाट कार्यालय सञ्चालन भइरहेको छ। नयाँ आएका प्रमुख प्रशासकीय अधिकृतले करारका कर्मचारीलाई हटाउने धम्की दिएपछि कार्यालयको काम प्रभावित भएको छ।गाउँपाल

इलामको माङसेबुङ गाउँपालिकामा तालाबन्दी

कोशी प्रदेश खारेजीको माग गर्दै इलामको माङसेबुङ गाउँपालिकामा आन्दोलनरत पक्षले तालाबन्दी गरेको छ । प्रदेश १ को नाम ‘कोशी’ पारित गरेसँगै त्यसको विरोधमा उत्रिएको समूहले गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेको हो ।