कञ्चनजङ्घा संरक्षण क्षेत्रमा चोरी सिकार बढ्दै, भेडा–बाख्रासमेत पासोमा परेर मर्छन्

ताप्लेजुङ – ताप्लेजुङको हिमाली क्षेत्रमा चोरी सिकार बढेको पाइएको छ । हिमाली भेगमा पाइने कस्तुरी मृग, हिउँ चितुवा लगायतका वन्यजन्तुको चोरी सिकार भइरहेको पाइएको हो ।  स्थानीय तथा चीनको तिब्बतबाट आएकाहरूले पासो थापेर चोरी सिकार गर्ने गरेका स्थानीयवासीको भनाइ छ । बेला–बेला भेडा बाख्रासमेत पासोमा पर्ने गर्नु यसको प्रमाण भएको फक्ताङलुङ गाउँपालिका ६ लेलेपका गोपाल विष्ट बताउनहुन्छ । यो वर्षमात्रै चार वटा भेडा पासोमा परेर मरेका उहाँले  बताउनुभयो । चोरी सिकार बढेको भनेर भेडापालक किसानले प्रचार गरेअ...