मेरो साथी : नेपालबाट जापानले पनि सिक्ने सम्बन्धको कथा

सन् २०१५ अप्रिल २५ मा नेपालमा विनाशकारी भूकम्प गएपछि जापानका विश्वविद्यालय विद्यार्थीहरूले नाडीमा लगाउने ब्यान्ड बनाएर वितरण गर्न थाले । त्यसमा नेपालीका दुई शब्द लेखिएका थिए– ‘मेरो साथी’ । उद्देश्य प्रभावित समुदायका लागि सहयोग जुटाउनु थियो । तर ती शब्दमा आर्थिक सहयोगको आह्वानभन्दा गहिरो अर्थ थियो । विद्यार्थीले सहयोग गर्न खोजेका मानिसहरू टाढाको देशका अपरिचित […]