मातृमृत्यु दर घटाउन चुनौतीः ६ वर्षमा जम्मा २८ जना मिडवाइफ्री उत्पादन

सरकारले सन् २०३० सम्ममा १० हजार बढी मिड्वाइफ्री उत्पादन गरिसक्ने महत्वाकांक्षी लक्ष्य राखेको छ । तर, यो लक्ष्य पुरा हुने लक्षण देखिदैन । किनकि दक्ष प्रसूतिकर्मी सम्बन्धि राष्ट्रिय नीति २०७३ को दीर्घकालीन रणनीति बनाएको ६ वर्षको अवधिमा जम्मा २८ जना मिडवाइफ्री मात्रै उत्पादन गर्न सकेको छ । नेपालमा स्वास्थ्य जनशक्ति सम्बन्धि राष्ट्रिय रणनीति २०७७/७८ अनुसार सुरक्षित मातृत्व सेवाको लागि सन् २०२५ सम्ममा ४ हजार १८० र सन् २०३० सम्ममा ६ हजार ४१० गरी जम्मा १० हजार ५९० मिड्वाइफ्री आवश्यक पर्ने आँकलन गर