देउवा भेट्न बालुवाटार पुगेका प्रकाण्ड आश्वासन पाएर फर्किए

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर  विश्वकर्मा प्रकाण्ड र प्रधानमन्त्री शेरबहादुर देउवासहितको सरकारी टोलीबीच भेटवार्ता भएको छ। मंगलबार भएको भेटमा तीन बुँदे सहमति कार्यान्वयनका विषयमा छलफल भएको छ। भेटमा सरकारको तर्फबाट गृहमन्त्री बालकृष्ण खाँड, कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडू, गृहसचिव टेकनारायण पाण्डे र नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको सहभागिता रहेको थियो।भेटवार्तामा नेकपाका प्रवक्ता प्रकाण्डले तीन बुँदे सहमति कार्यान्वय