बेंसीसहर–चामे सडकको अवस्था खराब, यात्रा जाेखिमपूर्ण

हिमालपारिको जिल्लाका रूपमा परिचित मनाङ जोड्ने एक मात्र बेंसीसहर–चामे सडक स्तराेन्नति नहुँदा हिउँद र बर्खा

सम्बन्धित सामग्री

डेढ दशकसम्म पनि सडकको अवस्था उस्तै

म्याग्दीको बेनी नगर कार्यपालिकाको प्रवेशद्वारदेखि सोही नगरपालिका–२ ज्यामरुककोटको भकुण्डे जोड्ने बेनी–लभ्लिहिल–भकुण्डे सडक खुलेको १६ वर्ष पुगिसकेको छ । सडक खुलेको लामो समय बितिसक्दा पनि सडकको अवस्था उस्तै छ । सडकको अवस्थामा सुधार नहुँदा स्थानीयवासी बेनी–रत्नेचौर–भकुण्डे हुँदै घुमाउरो र कठिन यात्रा गर्न बाध्य छन् । विसं २०६५ मा ‘ट्र्याक’ खुलेको बेनी–लभ्लीहिल–भकुण्डे सडक स्तरोन्नति नहुँदा अहिलेसम्म मोटरसाइकल …

खोटाङः दशैं तिहार भित्रियो, सडकको अवस्था अझै नाजुक

खोटाङ । दशैं तिहार नजिकिए पनि खोटाङका कतिपय मुख्य सडक मर्मत गरिएका छैनन् । दशैं तिहारका बेला आवत जावत गर्ने स्थानीयको सहजताका लागि सडक मर्मत सम्भार गर्नुपर्ने भए पनि कतिपय मुख्य सडक नै गाडी गुड्ने अवस्थामा छैनन् । चाडवाड भित्रिसक्दा कतिपय स्थानीय सरकारले आफ्नै क्षेत्रभित्र पर्ने सडक मर्मत गर्न चासो देखाएका छैनन् । मध्यपहाडी लोकमार्ग […] The post खोटाङः दशैं तिहार भित्रियो, सडकको अवस्था अझै नाजुक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पृथ्वीराजमार्गमा भासिएको सडकको अवस्था

काठमाडौं। पृथ्वी राजमार्गअन्तर्गत धादिङको धार्केमा पुलको छेउमा जमिन भासिएर अवरुद्ध बनेको सडक एकतर्फीरुपमा खुलाइएको छ। धुनीबेँसी नगरपालिका–६ र थाक्रे गाउँपालिका–८ को सिमाना जोड्ने गणेशखोला पुलमाको जमि भासिँदा सोमबार अपराह्न ४ बजेदेखि ठप्प बनेको राजमार्ग मङ्गलबार बिहान १० बजेबाट एकतर्फी खुलाइएको हो।

डेढ दशकमा पनि सुधार भएन बेनी–भकुण्डे सडकको अवस्था

म्याग्दी । म्याग्दीमा ट्र्याक खुलेको १५ वर्ष वितिसक्दा पनि बेनी–भकुण्डे सडकको अवस्था सुधार हुन सकेको छैन । सडक स्तरोन्नती नहुँदा यो सडकमा यातायातका साधन चल्न सकेका छैनन् । २०६५ सालमा ट्याक खुलेको साढे ७ किलामिटर दुुरीको यो सडक मर्मतका लागि अहिलेसम्म करिब १ करोड खर्च भए पनि सडकको अवस्था भने झन्झन् खराब हुँदै गइरहेको स्थानीयहरुको […]

बाढी/पहिरोका कारण मुख्य सडकको अवस्था खराब, दशैँसम्म मर्मत हुने सम्भावना कम

काठमाण्डाै – दशैँ तिहार जस्ता मुख्य चाडपर्व नजिकिएका छन् । दशैँका बेलामा ओहोरदोहोर गर्ने यात्रु र गाडीको संख्या पनि धेरै हुन्छ । तर अहिले देशका मुख्य राजमार्ग र सडकको अवस्था खराब छ । यसवर्षको मनसुनी वर्षाले मुख्य राजमार्गमा निरन्तर पहिरो झर्ने गरेको छ । पूर्व-पश्चिम राजमार्गको बुटवल–नारायणगढ सडक खण्डमा बेला बेला लेदोसहित पहिरो झरिरहेको छ । यस्तै, मुग्लिन-नारायणगढ र सिद्धार्थ राजमार्गको पाल्पा-बुटबल खण्डमा पनि जोखिम छ । मध्यपहाडी लोकमार्ग, कोशी राजमार्ग, कर्णाली राजमार्ग लगायतका सडकका ठाउँ ठाउँमा पनि पहिरो ...

सुध्रिएन बेनी–भकुण्डे सडकको अवस्था

म्याग्दीको बेनी नगरपालिकाको प्रवेशद्वारदेखि नगरपालिका–२ भकुण्डेचौरको वडा कार्यालयसम्म जोड्ने मोटरबाटोको ट्र्याक खुलेको १४ वर्ष भयो । विसं २०६५ मा ट्र्याक खुलेको सात किलोमिटर दूरीको यो सडक स्तरोन्नति नहुँदा यातायातका साधन सञ्चालन हुन सकेका छैनन् ।पर्यटकीयस्थल लभ्लीहिल कटेर खबराको उकालो सुरु भएपछि ‘ग्रेड’ नमिलेको हिलाम्ये सडकमा मोटरसाइकलसमेत चलाउन मुस्किल हुने स्थानीयको गुनासो छ । यो सडकमा न यातायातका साधन नै सञ्चालन भएका छन् न त सडकको स्तरोन्नतिमा नै कसैले चासो दिएको छ । यो सडक

हुम्लामा प्रतिकिलोमिटर १० रुपैयाँसम्म भाडादर निर्धारण

जिल्लाका कच्ची सडकको अवस्था, अस्थायी बाटो कायम तथा भाडादरमा एकरूपता ल्याउन जिल्ला प्रशासन कार्यालयमा यातायात व्यवस्था कार्यालय वीरेन्द्रनगरले परिपत्र गरेको थियो ।

वर्षौंसम्म पनि सुध्रिएन रोल्पा सडकको अवस्था

रोल्पा । दिदीको छोराको बिहेमा रुकुम पश्चिम हिँडेकी रोल्पा नगरपालिका–४ लिवाङकी टीका आचार्य कष्टपूर्ण यात्रा गर्दै ४ घण्टा ढिला माइत पुगिन् । बिहेजस्तो अत्यावश्यक काममा हिँडेकी उनलाई विवाहको साइतमा नपुगिने हो कि भन्ने चिन्ता थियो । सदरमुकाम लिवाङबाट परिवर्तन गाउँपालिका–६ इरिवाङ हिँडेकी मेलिना थापाको यात्रा निकै कष्टकर रह्यो । ८ महिनाको छोरीसहित घर हिँडेकी उनलाई समयमै घर नपुगिने कुराले चिन्तित बनाएको थियो । जाडोको याममा बच्चासँगको यात्रा गर्न बाध्य उनलाई बेलुकाको बास कहाँ हुने हो भन्ने चिन्ता थियो । जिल्ला सदरमुकाम लिवाङबाट गंगादेव गाउँपालिका हिँडेका मनोजकुमार वली चढेको गाडी रोल्पा नगरपालिका–७ निम्रीस्थित सडकमा रहेको हिलोमा भासियो । उनले गाडीका स्टाफ र अन्य यात्रुसँगै हिलोमा फसेको गाडी तान्न तम्सिए । लगातार एक घण्टा डोरी लगाएर तानेपछि हिलोमा फसेको गाडी निस्कियो । आचार्य, थापा र वली मात्र हैन सदरमुकाम लिवाङबाट पश्चिम रोल्पाका चार स्थानीय तहसहित रुकुमपूर्व र रुकुमपश्चिम आवतजावत गर्ने यात्रुहरू अचेल यस्तै समस्या भोग्ने गर्दछन् । यसको मुख्य कारण हो रोल्पा नगरपालिका–७ मा पर्ने निम्री सडक । सो सडकले जिल्ला सदरमुकाम लिवाङलाई पश्चिम रोल्पाका आधा दर्जन स्थानीय तहका साथै रुकुमपूर्व र पश्चिम दुई जिल्लालाई समेत जोडेको छ । दैनिक दर्जनौं गाडी ओहोरदोहोर गर्ने उक्त सडकमा यात्रा गर्ने यात्रुहरूलाई कष्टपूर्ण यात्रा गर्न बाध्य हुने गरेका छन् । डेढ घण्टा लाग्ने यात्रामा साढे तीन घण्टा लाग्ने गरेको छ । बाटोको अस्तव्यस्तताले यात्रासमेत अनिश्चित हुने गरेको छ । अत्यावश्यक काम लिएर हिँड्ने यात्रुहरूसमेत बाटोको अवस्थाले कैयौं अवसर गुमाउने गरेका छन् । बाटामा रहेका ठूल्ठूला खाल्डाखुल्डी, झाडी, पहिरो र साँघुरो मोडले यात्रालाई असहज बनाउने गरेका छन् । सडक स्तरोन्नतिका नाममा हरेक वर्ष करोडौं रुपैयाँ खर्च भएको देखिने भए पनि बाटोको अवस्था भने परिवर्तन हुन सकेको छैन । सोही सडक भएर पश्चिम रोल्पाका थवाङ, परिवर्तन, गंगादेव, त्रिवेणी, रुन्टीगढी र माडी गाउँपालिकाका अध्यक्षहरू जिल्ला समन्वय समितिको बैठकमा हरेक महिना सदरमुकाम ओहोरदोहोर गर्दछन् । सोही सडक भएर धार्मिक पर्यटकीय क्षेत्र जलजला र ऐतिहासिक गाउँ थवाङ पुग्ने गरिन्छ । जिल्लाका सबै स्थानीय तहको विकास प्राथमिकतामा सडक सञ्जाल परे पनि वर्षौं बित्दासमेत सडकको अवस्था भने सुधार हुन नसक्नु दुःखद भएको सरोकारवालाको भनाइ छ । जिल्लाका सबै स्थानीय तहले सडक निर्माण तथा मर्मत शीर्षकमा कुल बजेटको झन्डै ६० प्रतिशत विनियोजन गर्ने गर्दछन् । संघीय र प्रदेश सरकारले समेत जिल्लाको सडक निर्माणलाई नै प्राथमिकता दिएको देखिन्छ । विगत पाँच वर्षयता यो क्रमले निरन्तरता पाइरहे पनि जिल्लाका सडकको गुणस्तर भने परिवर्तन हुन नसकेको जिल्लावासीको गुनासो छ । रासस