सुन तस्करीमा सरकारको छानबिन प्रतिवेदन आएपछि उच्चस्तरीय समिति बनाउन सकिन्छः जनार्दन शर्मा

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले सुन तस्करी प्रकरणमा सरकारको छानबिन प्रतिवेदन आइसकेपछि उच्चस्तरीय छानबिन समिति बनाउन सकिने बताएका छन्। सोमबार नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उपमहासचिव शर्माले सुन तस्करी प्रकरणको जालो पत्ता लगाउन सरकार लागिपरिरहेको बताए। उनले सरकारको छानबिन रिपोर्ट आएपछि चित्त नबुझेमा मात्रै उच्चस्तरीय छानबिन समिति बनाउन सकिने बताए। […]