पाल्पा । केही वर्ष यता पाल्पाकाे रिव्दिकोट गाउँपालिकाले अकबरे खुर्सानी प्रमुख खेतीको रुपमा पहिचान बनाएको छ। गाउँपालिकाभित्रका ८ वटै वडाका १ हजार ४ सय किसानहरुले अकवरे खुर्सानी खेती गर्दै आएका हुन । अकवरे खुर्सानीबाट रिव्दिकोटका किसानले वार्षिक ५० हजारदेखि १० लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् । बिक्रीको सुनिश्चितता भएकोले किसानहरु उत्साहित हुँदै खुर्सानी खेतीमा […]
काठमाडौँ। नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी डीआईजी अबिनारायण काफ्लेले पाएका छन्। यसअघि प्रवक्ता रहेका डीआईजी विनोद घिमिरेको प्रशासन विभागमा सरुवा भएको छ। प्रवक्ता तोकिएका काफ्ले आइतबार मात्र डीआईजीमा बढुवा भएका हुन्। बढुवापछि उनको प्रहरी महानिरीक्षकको सचिवालयमा पदस्थापन भएको हो।
काठमाडौं- नेकपा एमालेले विधान महाधिवेशन त्यसपछि भएका सचिवालय र केन्द्रीय कमिटीका बैठक समेटेर पन्ने अन्तरपार्टी निर्देशन (अपानि) जारी गरेको छ। अध्यक्ष केपी शर्मा ओलीले मंगलबार जारी गरेको अपानिमा भदौ २३ र २४ को जेनजी आन्दोलन तथा त्यसले निम्त्याएको विध्वंस र पार्टीका आसन्न ११औँ महाधिवेशनमा बारेमा विस्तृत विश्लेषण गरिएको छ। अपानिमा तत्कालीन प्रधानमन्त्री ओलीले पदबाट राजीनामा […]
अमेरिकी सरकार शटडाउन भएको मंगलबार ३५ दिन पुगेको छ । जसले इतिहासकै सबैभन्दा लामो शटडाउनको रेकर्डसँग बराबरी गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो कार्यकालमा सन् २०१८-१९ मा भएको ३५ दिन लामो सरकारी शटडाउन जस्तै, अहिले पनि रिपब्लिकन र डेमोक्र्याटबीच सहमति जुट्न सकेको छैन । सरकार शटडाउन हुँदा करिब ४२ मिलियन अमेरिकन नागरिकको खाद्य सहायता रोकिएको […]