पाँचतारे होटल, विदेशी रक्सी र पत्थर जडित गहनामा विलासिता शुल्क लाग्ने

काठमाण्डौ – आज सोमवारदेखि पाँचतारे होटल, विदेशी रक्सी र १० लाख रुपैयाँमाथिका पत्थर जडित गरगहनामा दुई प्रतिशत विलासिता शुल्क लाग्ने भएको छ ।  आन्तरिक राजस्व विभागले ‘विलासिता शुल्कसम्बन्धी कार्यविधि २०८०’ आजदेखि कार्यान्वयनमा आएको जानकारी दिँदै यस्तो शुल्क लाग्ने जनाएको हो । आर्थिक ऐन २०८० को दफा २१ मा पाँचतारे वा त्योभन्दा माथिका होटल तथा लक्जरी रिसोर्टले प्रदान गर्ने सेवा, आयातित रक्सी र १० लाख रुपैयाँभन्दा बढीका हिरा, मोती, पत्थर जडित सुन वा बहुमूल्य धातुका गरगहनाको कारोबारमा विलासिता शुल्क लग...