अध्यक्ष लिङ्देनसहित राप्रपाका नेता आजदेखि चार दिने तराई यात्रामा

काठमाडौं : चैतको अन्तिम साता काठमाडौंमा हुने तय भएको जनप्रदर्शनलाई प्रभावकारी बनाउने उद्देश्यले राप्रपाका नेता चार दिने तराई यात्रामा निस्किने भएका छन्।सोमबारदेखि  बिहीबारसम्मतराई–मधेशका आठ जिल्लामा आमसभा र कार्यकर्ता भेला आयोजना गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको नेतृत्वमा हुने तराई-मधेशस्तरीय अभियानमा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री डा. धवलशमशेर राणा, प्रवक्ता ज्ञानेन्द्र शाही, मधेश प्रदेशका अ