कलङ्की– महाराजगञ्ज चाबहिल सडक विस्तारमा ढिलाइ

नेपाल पक्षको तयारी समयमा हुन नसक्दा चीनले अनुदान सहयोगमा विस्तार गर्न लागेको राजधानीको कलङ्कीदेखि महाराजगन्ज हुँदै चाबहिलसम्मको सडक विस्तारमा ढिलाइ भएको छ । स्वयम्भूका सम्पदाको व्यवस्थापन र महाराजगन्जको जग्गा अधिग्रहण नहुँदा राजधानी काठमाडौँकै अति महìवपूर्ण सडक चक्रपथको कलङ्कीदेखि धोबिखोला (चाहबिल) पुलसम्मको सडक विस्तार अझै सुरु हुन सकेको छैन । चक्रपथको सीमाक्षेत्रमा निर्माण गरिएको स्वयम्भूका सम्पदा तथा महाराजगन्ज क्षेत्रका घर भत्काउने र जग्गा अधिग्रहण हुन नसक्दा दोस्रो चरणको चक्रपथ विस्तार कार्य प्रभावित भइरहेको छ । सडक क्षेत्रका बिजुलीका पोलसमेत स्थानान्तरण नहुँदा विस्तार कार्यका लागि चिनियाँ पक्ष नेपाल आउन सकेको छैन । चिनियाँ पक्षले सबै समस्या समाधान भएपछि कामको थालनी गर्ने जानकारी दुई वर्षअघि नै दिइसकेको छ । सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले चक्रपथको कलङ्कीदेखि धोबिखोला पुलसम्म विस्तार गर्न दुई मुलुक (नेपाल र चीन)बीच सबै कानुनी प्रक्रिया पूरा भइसके पनि विस्तारका लागि नेपालतर्फको तयारी पूरा हुन नसकेकाले चिनियाँ प्राविधिक तथा कामदार नेपाल आउन नसकेको बताउनुभयो ।

सम्बन्धित सामग्री

राजकीय सम्मानकासाथ निवासबाट नेम्वाङको बिदाई (तस्बिरहरु)

बालुवाटारबाट शिक्षण अस्पताल, महाराजगञ्ज-नारायणगोपाल चोक-धुम्वाराही-चाबहिल-गौशाला हुँदै पशुपति आर्यघाट पुर्‍याइने छ ।

महाराजगञ्ज छाडेर चक्रपथ विस्तार हुने

काठमाडौं । चक्रपथको कलंकीदेखि चाबहिलको धोबीखोला खण्डमा पर्ने सम्पूर्ण साइट क्लियर नभए पनि सडक विस्तारको काम शुरू हुने भएको छ । २७ किलोमीटरको चक्रपथमध्ये यस खण्डमा पर्ने ११ दशमलव ६ किलोमीटर विस्तार हुन लागेको हो । महाराजगञ्ज क्षेत्रलाई तत्काल यथास्थितिमा राखेर चक्रपथ विस्तारको काम शुरू गर्ने तयारी सडक विभागले गरेको छ । चीन सरकारको सहयोगमा आठ लेनमा विस्तार गरिने यो खण्डको महाराजगञ्ज क्षेत्रमा घर भत्काउन र जग्गा अधिग्रहण गर्न बाँकी छ । अन्य क्षेत्रमा साइट क्लियर लगभग सम्पन्न गरेको विभागले यस क्षेत्रलाई अहिलेकै अवस्थामा राखेर सडक विस्तार अघि बढाउने तयारी गरेको हो । विभागका महानिर्देशक अर्जुनजंग थापाले सडक विस्तार सम्झौताको म्याद सकिनुअघि साइट क्लियर भएमा चिनियाँ पक्षले नै बनाइदिने, नभए नेपाल सरकार आफैले बनाउने गरी छलफल भएको जानकारी दिए । ‘कलंकी क्षेत्रमा चारओटा घर भत्काउँदा हामीले मुआब्जा दिएका थियौं,’ थापाले भने, ‘महाराजगञ्ज क्षेत्रमा परेका घरजग्गाको हकमा परिस्थिति फरक छ ।’ सरकारी अभिलेखमा सडकको दायाँबायाँ गरेर ३१ मीटर जग्गा अधिग्रहण गर्ने स्वीकृति दिइएको छ । उनका अनुसार महाराजगञ्जमा २०३१ सालमा जग्गा अधिग्रहण भएको थियो । चिनियाँ पक्षले गोंगबु तथा आसपासका मन्दिरहरू सारिसकेपछि मात्रै काम गर्ने भएको छ । अन्य मन्दिरहरू सारिसकेको र गोंगबुस्थित शिव मन्दिर सार्न बाँकी रहेको थापाले बताए । उक्त मन्दिर सारेपछि चिनियाँ पक्षलाई बोलाएर सो खण्ड चौडा बनाउने काम शुरू गरिने उनको भनाइ छ । उक्त मन्दिर सारेपछि चिनियाँ दूतावासलाई जानकारी गराएर छिट्टै सडक चौडा बनाउनका लागि यो खण्ड हस्तान्तरण गरिनेछ । चीनको सहयोगमा बन्ने यो खण्ड विस्तारका लागि सम्झौता भएको साढे ४ वर्षसम्म पनि साइट क्लियर नहुँदा काम शुरू हुन नपाएको हो । अहिले यो खण्डको सडक दायाँबायाँका रूख, बिजुलीका पोलहरू विभागले हटाइसकेको छ । मन्दिर स्थानान्तरण र महाराजगञ्जको काम बाँकी छ । विभागले महाराजगञ्जमा कलंकीमा रहेको अन्डरपास जस्तै संरचना बनाउनेछ । चीनले पहिलो चरणमा कोटेश्वर–कलंकी खण्डलाई आठ लेनमा विस्तार गरी सरकारलाई हस्तान्तरण गरिसकेको छ । दोस्रो चरणमा कलंकीदेखि चाबहिल, धोबीखोलासम्मको सडक विस्तारका लागि विभागले चिनियाँ पक्षसँग २०७४ मा समझदारी (एमओयू) गरेको थियो । साइट क्लियरमा ढिलाइ र यसबीचमा कोभिड–१९ महामारीका कारण यो खण्ड चौडाइमा ढिलाइ भएको विभागले उल्लेख गरेको छ । सम्झौताको ३ वर्षमा सडक चौडा पारिसक्ने लक्ष्य राखिए पनि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र साइट क्लियर नहुँदा यी प्रक्रिया पूरा गर्नमै समय लागेको देखिएको छ । मुख्य सडकलाई आठ लेनमा विस्तार गर्ने जिम्मा चिनियाँ पक्षले लिए पनि बाँकी ढलको काम र सहायक मार्ग नेपाल सरकारले नै निर्माण गर्ने थापाले बताए । काठमाडौं चक्रपथ सडक विस्तार आयोजनाले सडकको दायाँबायाँ ट्र्याक रोड (मुख्य सडकबाहिरको सडक) र फूटपाथलगायत संरचना बनाउन १ अर्ब १५ करोड रुपैयाँ लगानी आवश्यक पर्ने प्रस्ताव भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पेश गरेको थियो ।

कलंकीदेखि चाबहिल धोबीखोलासम्म छिट्टै ६ लेन सडक : ईश्वर पोखरेल

काठमाडौं : नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेको सरकार आएपछि काठमाडौंको कलंकीदेखि चाबहिलको धोबीखोलासम्म ६ लेन सडक निर्माणले तीव्रता पाउने बताएका छन्।काठमाडौं क्षेत्र नम्बर ५ मा बिहीबार आयोजित कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले मुआब्जा र सडक खाली गर्ने काम सकिए पनि एमाले सरकारबाट हटेपछि सडक विस्तारको काम रोकिएको उनले बताए।सुरुमा कलंकीदेखि महाराजगञ्ज चोकसम्म मात्र सडक निर्माण गर्न लागे पनि आफूले चिनियाँ पक्षसँग पहल गरेका कारण धोबीखोलासम्म निर्माण हुन लागेको उनले जानकारी दिए।वरिष

एमालेको सरकार आए कलंकी-चाबहिल सडक ६ लेनको हुन्छ : पोखरेल

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेको सरकार आएपछि काठमाडौंको कलंकीदेखि चाबहिलको धोबीखोलासम्म ६ लेन सडक निर्माणले तीव्रता पाउने बताएका छन् । काठमाडौं क्षेत्र नम्बर ५ मा बिहीबार आयोजित कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले मुआब्जा र सडक खाली गर्ने काम सकिए पनि एमाले सरकारबाट हटेपछि सडक विस्तारको काम रोकिएको बताए ।सुरुमा कलंकीदेखि महाराजगञ्ज चोकसम्म मात्र सडक निर्माण गर्न लागेपनि आफूले चिनियाँ पक्षसँग पहल गरेका कारण धोबीखोलासम्म निर्माण हुन लागेको उनले जानकारी दिए । वरिष्ठ उपाध

कहाँ अड्कियो चक्रपथको दोस्रो सडकखण्ड विस्तार?

काठमाडौं : चीनको सहयोगमा चक्रपथको कोटेश्वर-कलंकी खण्डमा ८ लेन विस्तार भएपछि चक्रपथको दोस्रो सडकखण्ड पनि विस्तार गर्ने योजना बन्यो। सोही योजनाअनुरुप चक्रपथको दोस्रो सडकखण्ड कलंकी–महाराजगञ्ज–धोबीखोला (चाबहिल) पनि ८ लेनमा विस्तार गर्न सडक विभागले ०७६ सालको दशैँअगाडि नै कलंकीबाट रुख काट्न शुरु गरेको थियो।चीनकै सहयोगमा बन्न लागेको उक्त सडकखण्डको कलंकीदेखि धोबीखोलासम्मै रुख कटानलगायत सडक रेखांकन गत वर्ष नै सकिएको सडक विभागले जनाएको थियो। सडक रेखांकन भएपछि चिनियाँ प्राविधिक ट

धरासायी बन्दै ‘कान्तिपुर यातायात’

दुईवटा रुटमध्ये एउटा रुट काठमाडौँको बल्खु–कलङ्की–नयाँबसपार्क–महाराजगञ्ज चोक हुँदै रत्नपार्कसम्म र अर्को रुट नयाँ बसपार्कदेखि महाराजगञ्ज–पुरानो बसपार्क–नयाँ बानेश्वर–एयरपोर्ट–चाबहिल हुँदै नयाँ बसपार्कसम्म आवतजावत गर्दै आएको कान्तिपुर यातायात यति बेला धरासा...

३० भन्दा बढी ठाउँमा इन्टरनेट विस्तार गर्दै सीजी नेट

सीजी नेटले अबको २ महिनाभित्रमा काठमाडौं, ललितपुर र भुक्तपुरका अधिकांश ठाउँमा इन्टनेट विस्तार गर्ने भएको छ । आक्रमक रूपमा बजारमा प्रवेश गरेको सीजी नेटले २ महिनाभित्र काठमाडौं उपत्यकाका अधिकांश ठाउँमा इन्टरनेट विस्तार गर्ने जानकारी दिएको हो ।  कम्पनीले अबको २ महिनाभित्र काठमाडौंको महाराजगञ्ज, शंखमूल, गोंगबु, धापासी, शान्तिनगर, जोरपाटी, कपन चाबहिल, धर्मस्थली, टोखा,...

अझै खाली भएन कलङ्की–चाबहिल सडक

चक्रपथको दोस्रो खण्डका रुपमा रहेको कलङ्की–चाबहिल (धोबीखोलासम्म) को सडक विस्तारका लागि निर्माणस्थल अझै खाली हुन सकेको छैन । सो सडकमा पर्ने सामाखुसी–महाराजगञ्ज खण्डमा विद्युत्का पोल हटाउन बाँकी छ । उक्त सडकमा निर्माणको काम गर्न चिनियाँ टोली आउन चाहेको भए पनि सडक खाली भइनसकेका कारणले निर्माण शुरु गर्न ढिलाइ भएको काठमाडौँ चक्रपथ सुधार योजनाले जनाएको छ । सामाखुसीदेखि महाराजगञ्जसम्मका विद्युत्का खम्बा सार्ने काम भइरहेको योजनाका प्रमुख अर्जुन सुवालले बताउनुभयो । विद्युत्का खम्बा एक सातामा हटाउने गरी सम्झौता भए पनि पानीले गर्दा हटाउन नसकिएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पानी परिरहँदा तार हटाउन पनि गाह्रो छ र विद्युत्भार कटौती गर्ने अवस्था छैन ।” सो सडकमा विभिन्न खण्डमा स्तूपा, मन्दिर, घरलगायतका संरचना अझै हटाउन बाँकी रहेको योजनाले जनाएको छ । स्वयम्भु नजिकै रहेको स्तूपाको पर्खाल सार्न बाँकी रहेको प्रमुख सुवालले बताउनुभयो । महाराजगञ्ज क्षेत्रमा २४४ मिटर क्षेत्रमा घर हटाउन बाँकी छ । त्यो घर हटाउन नसकिँदा पनि कसरी निर्माण अघि बढाउन सकिन्छ भनेर छलफल भइरहेको उहाँले बताउनुभयो ।

चक्रपथ विस्तारको दोस्रो चरण प्रभावित

कोभिड–१९ को दोस्रो लहरको संक्रमण बढ्न थालेका कारण निशेधाज्ञा जारी भएपछि चक्रपथ विस्तारको दोस्रो (कलंकी–चाबहिल खण्ड) चरणको काम प्रभावित भएको छ । केही महिनाअगाडि सडक विभागले महाराजगञ्ज क्षेत्रको २ सय ४४ मिटर छोडेर विस्तार गर्न पत्राचार गरेको भएपनि चिनियाँ निर्माण कम्पनीले हालसम्म कुनै प्रतिक्रया दिएको छैन ।हाल साइट क्लियर हुन लागेको बाँकी रहेको छोडेर चिनियाँ […]

रिलायन्स लाइफ इन्स्योरेन्सकोथप ५ शाखा

रिलायन्स लाइफ इन्स्योरेन्सले काठमाडौँको चाबहिल, कलंकी, महाराजगञ्ज, भक्तपुरको च्यामासिंह र काभ्रेपलाञ्चोकको बनेपा गरी ५ वटा शाखाको उद्घाटन सम्पन्न गरेको छ ।