जिल्ला सुरक्षा समितिले आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि रौतहटका तोकिएको दुई सय ७७ मतदान स्थलमध्ये एक सय ५२ मतदान स्थल अतिसंवेदनशीलको सूचीमा राखेको छ।
काठमाडौं – नेकपा (एमाले) भित्र प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणको विषयलाई लिएर आन्तरिक लोकतन्त्र कमजोर हुँदै गएको आरोप उठ्न थालेको छ। जेन-जी युवा तथा कानुनका विद्यार्थी माजिद अन्सारीले सामाजिक सञ्जालमार्फत एमाले नेतृत्वको निर्णय प्रक्रियामाथि कडा प्रश्न उठाएका छन्। उनले ११ औं महाधिवेशनपछि केपी ओली नेतृत्वको टिम विजयी हुँदा हार-जितलाई प्राविधिक विषय मानेर पार्टीभित्र कम्तीमा आन्तरिक […]
भोजपुर। भोजपुरको पौवादुङमा गाउँपालिकाको दीर्घकालीन प्रशासनिक संरचना सुदृढ बनाउने लक्ष्यसहित निर्माण भइरहेको प्रशासनिक भवनको काम अन्तिम चरणमा पुगेको छ। हालसम्म भवन निर्माणको भौतिक प्रगति करिब ७० प्रतिशत र आर्थिक प्रगति ५४ प्रतिशत पुगेको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाको प्रशासनिक सेवा एकै स्थानबाट प्रभावकारी रूपमा सञ्चालन गर्ने उद्देश्यले आर्थिक वर्ष २०८०/८१ बाट भवन निर्माण सुरु गरिएको हो। […]
दाङ। थारू समुदायले माघीमा उमेर पुगेका सन्तानको विवाहको छिनोफानो गर्ने चलन थियो। माघ १ गते विवाह गर्ने उमेरका सन्तानको घरमा छलफल गर्ने र निर्णय गर्ने त्यसपछि माघ २ गते गाउँका महतवाको घरमा बसेर छलफल गरेर निर्णय गर्ने चलन थियो। विवाह गर्ने उमेरका सन्तानका लागि केटा वा केटी खोज्न कहाँ जाने, कोसँग जाने भन्ने कुराको निक्र्यौल […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आइतबार बस्ने भएको छ । सोही बैठक पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा आइतबार दिउँसो २ बजे बस्ने भएको हो । बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सम्बन्धमा छलफल हुने भएको छ । पार्टीको तर्फबाट प्रत्यक्ष उम्मेदवार चयनको बारेमा पनि बैठकमा छलफल हुने पार्टीका एक नेताले बताएका हुन् […]