कूटनीतिक माध्यमबाट भारतसँगको सीमा विवाद समाधान गरिनेछ : प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली भारतसँगको सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्ने बताएका छन्। आज राष्ट्रका नाममा सम्बोधन गर्दै उनले भने, “ऐतिहासिक सन्धी, नक्सा, तथ्य तथा प्रमाणका आधारमा कूटनीतिक माध्यमबाट भारतसँगको सीमा सम्बन्धमा बाँकी रहेका र समयसमयमा उठ्ने विषयलाई समाधान गरिने छ।” नेपाल र भारतबीच कालापानी, लिम्पियाधुरा, लिपुलेक र सुस्तामा सीमा विवाद रहेको छ।

सम्बन्धित सामग्री