नेपालको अवस्था भारतको भन्दा गम्भीर, सङ्क्रमण दर दोब्बरले बढी !

काठमाण्डाै – गएको हप्ताको तुलनामा यो हप्ता नेपालमा कोराना भाइरसको सङ्क्रमण झण्डै ५१ प्रतिशतले बढेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ४४ वटा जिल्लामा कोरोना भाइरसको सङ्क्रमण व्यापक रूपमा फैलिएको ।प्रति लाख जनसङ्ख्यामा १०जनाभन्दा बढीमा सङ्क्रमण भएको पाइए व्यापक रूपमा सङ्क्रमण फैलिएको भनिन्छ । यस्तै भारतमा भन्दा नेपालमा अवस्था गम्भीर बन्दै गएको डाक्टरले बताएका छन् । दैनिक सङ्क्रमित सङ्ख्याको आधारमा प्रति १० लाख जनसङ्ख्यामा नेपालमा तीन सय चार जनामा सङ्क्रमण देखिएको छ भने भारतमा यो दर दुई सय ४० छ ।यस्तै मृत्...