महानगरले नटेरेको भन्दै संरक्षण अभियन्ताद्वारा रानीपोखरीमा तालाबन्दी

विरोधकै बीच जारी निर्माण रोक्न रानीपोखरी संरक्षण अभियन्ताहरुले निर्माणक्षेत्रमा तालाबन्दी गरेका छन्। मंगलबार बिहान महानगरपालिका उपमेयर हरिप्रभा खड्गीको अनुगमनपछि संरक्षण अभियन्ताले त्यहाँ तालाबन्दी गरेका हुन्। यसमा उपमेयर खड्गीसहित सम्पदाविद् र पुरातत्वविद्को समर्थन रहेको अभियन्ता आलोक तुलाधरले सेतोपाटीलाई बताए। ‘बिहान उपमेयर आउनुभयो। उहाँको अनुगमन सकेपछि हामीले तालाबन्दी गर्याैं,’ तुलाधरले भने, ‘उपमेयरले आफ्नो पनि समर्थन रहेको जनाउनु…

सम्बन्धित सामग्री

काठमाडौं महानगरले ताेड्यो अखिल क्रान्तिकारीले विद्यालयमा लगाएको ताला (भिडिओ)

काठमाडौं । काठमाडौं महानगरको क्षेत्राधिकारभित्र रहेका विद्यालयमा लगाएको ताला नगर प्रहरी बलले खोलेको छ । विभिन्न माग राख्दै अखिल क्रान्तिकारीले तालाबन्दी गरेको थियो । नेकपा माओवादी केन्द्र निकट पञ्चासिंहको समूहले नक्सालस्थित ग्यालेक्सी स्कुल, स्वयम्भुस्थित संस्कृत स्कुल, मालीगाउँस्थित वृहस्पति विद्या सदन र बुढानिलकण्ठस्थित भ्याली पब्लिक स्कुल, काष्ठमण्डप स्कूलमा तालाबन्दी गरिएको जनाएको थियो । यस विषयमा प्रतिक्रिया […]

उपेक्षित महसुस भएपछि कास्की कांग्रेस कार्यालयमा ताला

काठमाडौं, ७ बैशाख । पोखरा महानगरपालिकाको मेयर पद एकीकृत समाजवादीलाई दिने गठबन्धनको सहमतिपछि कास्की कांग्रेस जिल्ला कार्यालयमा ताला लगाइएको छ । कार्यालयमा कांग्रेस पोखरा महानगरले तालाबन्दी गरेको हो । महानगर समितिका सचिवद्धय टुवराज बास्तोला र गणेशबहादुर थापाले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै मेयरपद गण्डकी प्रदेश र जिल्ला कार्यसमितिसँग मात्र सहमति गरेर आत्मसम्मानमा चोट पुगेको उल्लेख […]

पोखरा महानगरको शिक्षा महाशाखामा लगाइएको ताला खुल्यो

पोखरा महानगरको शिक्षा महाशाखामा लगाएको ताला खुलेको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)ले मंगलबार दिउँसो ताला लगाएकामा वार्तापछि तालाबन्दी खुलेको हो ।अनेरास्ववियुले कक्षा ११÷१२ का विद्यार्थीलाई दिइने छात्रवृत्ति महानगरले निजी विद्यालयको जिम्मा लगाएको भन्दै शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यको कार्यकक्षमा तालाबन्दी गरेको थियो । अनेरास्ववियुले आइतबार जिल्ला समन्वय समिति कास्की र पोखरा महानगरलाई कक्षा ११÷१२ का व

काष्ठमण्डप पुनर्निर्माण अन्योलमा

स्थानीयवासी नै विवादमा उत्रिएको भन्दै महानगरले तालाबन्दी गरिदिएपछि काष्ठमण्डप पुनर्निर्माण अन्योलमा परेको छ । पुनर्निर्माण प्राधिकरणद्वारा आयोजित बैठकमा महानगर सहभागी नभएपछि विवाद सल्टाउने प्रयाससमेत असफल भएको छ ।