रेशम चौधरीलाई सनाखत गर्न कारागार जाँदै  निर्वाचन आयोग, कता लाग्लान् ?

पूर्व राजपाबाट निर्वाचित भएका जसपाका निलम्बित सांसद रेशम चौधरीलाई सनाखत गर्न निर्वाचन आयोगका पदाधिकारी कारागार नै पुग्ने भएका छन् ।  आयोगका पदाधिकारी उनको सनाखतका लागि सोमवार कारागार जाने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले लोकान्तरलाई जानकारी दिए ।  श्रेष्ठका अनुसार, आयोगका कर्मचारीले कारागारमै पुगेर उनको सनाखत गर्नेछन् । चौधरी अहिले डिल्लीबजार कारागारमा छन् । टिकापुर घटनाका कारण निलम्बनमा रहेका उनले जसपाका महन्थ ठाकुर, उपेन्द्र पक्षमा वा तटस्थ बस्न सक्नेछन् । उनले यी ३ विकल्पमध्ये कुनै एक विक...

सम्बन्धित सामग्री

जेलबाट रेशम चौधरी निर्वाचन आयोग पुग्दा…

काठमाडौं । निर्वाचन आयोगले सोमबार जनता समाजवादी पार्टीको विवाद छिनोफानो गर्ने प्रक्रियाका लागि कार्यकारिणी समितिमा रहेका सदस्यहरूको सनाखत गर्ने कार्यक्रम थियो । जसपाका एक कार्यकारिणी सदस्य रेशम चौधरी जेलमा थिए । आयोगले डिल्लीबजारस्थित चौधरीलाई राखिएको जेलमा नै टोली सनाखतका लागि पठायो । तर, चौधरीले त्यहाँ सनाखत गर्न मानेनन् । र, आयोगले उनलाई कारागार व्यवस्थापन विभागदेखि […] The post जेलबाट रेशम चौधरी निर्वाचन आयोग पुग्दा… appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

जसपा विवादमा रेशम चौधरी तटस्थ

काठमाडौँ । जनता समाजवादी पार्टीको आधिकारिकता विवादमा रेशम चौधरी तटस्थ बसेका छन् । डिल्लीबजार कारागारबाट निर्वाचन आयोग पुगेका उनले आधिकारिकता विवाद समाधानका लागि गरिएको सनाखतमा तटस्थ बसेका हुन् । सोमबार दिउँसो निर्वाचन आयोगमा उपस्थित भएका उनले आफू दुबै पक्षमा नखुल्ने भन्दै तटस्थ बसेका हुन् ।

जसपा विवादमा रेशम चौधरी तटस्थ

जसपा विवादको निरुपणका लागि हस्ताक्षर सनाखत गर्न निर्वाचन आयोग पुगेका निलम्बित सांसद रेशम चौधरी तटस्थ बसेका छन् । आयोगमा पुगेका चौधरीले पक्ष र विपक्ष नलाग्ने बताए । जसपा नेता लक्ष्मणलाल कर्णले कसैलाई भोट दिने नदिने अधिकार रहेको प्रतिक्रिया दिए । रेशम चौधरीलाई कुरेर दिनभर आयोग बसेका महन्थ ठाकुर कुनै प्रतिक्रिया नदिई आयोगबाट बाहिरिएका छन् । उपेन्द्र यादवको पक्षमा ३४ र महन्थ ठाकुरको पक्षमा १६ जनाले हस्ताक्षर गरेका छन् ।

जसपा विवाद : रेशम चौधरी निर्वाचन आयोगमा

जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता विवादबारे आफ्नो सनाखत दिन रेशम चौधरी निर्वाचन आयोग पुगेका छन्।  डिल्लीबजार कारागारमा रहेका उनलाई सनाखतका लागि आयोग लगिएको हो। उनको हस्ताक्षर जेलबाट नै गराउने...

तानातानमा रेशम चौधरी, हिसिलाले सोधिन्- तपाईंको नेता को हो ?

जसपा विवादको निरुपणका लागि निर्वाचन आयोगमा सनाखत गर्न निर्वाचन आयोग पुगेका निलम्बित सांसद रेशम चौधरी दुवै पक्षको तानातानमा परेका छन् ।  डिल्लीबजार कारागारबाट निर्वाचन आयोगमा पुग्ने बेलामा जसपाको दुवै पक्षका नेताहरू रेशम चौधरीको स्वागतका लागि तानातान गरेका थिए ।  बिहान ११ बजे आयोगको कार्यकक्षमा पसेका नेता राजेन्द्र महतो समेत रेशम चौधरी आयोगमा आउने बेलामा बाहिर निस्केका थिए ।  रेशमको स्वागतका लागि सबभन्दा अगाडि हिसिला यमी थिइन् । उनले तपाईंको नेता को भनेर पटक–पटक सोधेकी थिइन् । चौधरील...

निर्वाचन आयोग पुगेर रेशम चौधरीले भने- म तटस्थ बस्छु

जनता समाजवादी पार्टी (जसपा) को आन्तरिक विवादमा हस्ताक्षर सनाखत गर्ने डिल्लीबजार कारागारबाट निर्वाचन आयोग आएका कार्यकारिणी समिति सदस्य रेशम चौधरी तटस्थ बस्ने भएका छन्।

सनाखतका लागि निर्वाचन आयोग पुगे रेशम चौधरी

काठमाडौं। डिल्लीबजार कारागारमा रहेका जसपाका कार्यकारिणी सदस्य रेशम चौधरी निर्वाचन आयोग पुगेका छन्। उनी जसपाको आधिकारिकता विवाद निरुपणका लागि हस्ताक्षर सनाखत गर्न आयोग पुगेका हुन्। यसअघि आयोगले कारागारमै पुगेर चौधरीको सनाखत लिइने बताएको भएपनि पछि उनलाई आयोगमै ल्याइएको हो। चौधरीलाई प्रहरीले गाडीमा आयोगमा ल्याएको थियो। आयोग परिसरमा पत्रकारहरुसँग कुरा गर्दै चौधरीले नेताहरुसँग छलफल गरी सनाखत गर्ने निर्णय लिने बताएका छन्।

रेशम चौधरी डिल्लीबजार कारागारबाट हस्ताक्षरका लागि निर्वाचन आयोग जाँदै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को कार्यकारिणी सदस्य रेशम चौधरी डिल्लीबजार कारागारबाट हस्ताक्षरका लागि निर्वाचन आयोग जाँदै हुनुहुन्छ । उपेन्द्र यादव पक्ष नेता नवराज सुवेदीले चौधरी आयोग आउन लागेको जानकारी दिनुभयो । सुवेदीका अनुसार चौधरीले पनि यादवकै पक्षमा हस्ताक्षर गर्नुहुनेछ । चौधरीको हस्ताक्षर जेलमै लिने बताइएपनि उहाँलाई आयोग नै बोलाइएको छ । चौधरी कैलाली […]

रेशम चौधरी आयोग आउँदै, उपेन्द्र यादव पक्षमा सनाखत गर्ने

काठमाडौं : : जनता समाजवादी पार्टीको आधिकारिताका लागि अहिले उपेन्द्र यादव पक्षका नेता तथा सांसदहरु निर्वाचन आयोग पुगिसकेका छन्। कतिपय सांसद् तथा नेताहरुले सनाखत गरिसकेका छन्। यसैबीच केहीबेरमा कारागारबाट रेशम चौधरी पनि आयोग पुग्दैछन्। चौधरीले उपेन्द्र यायद पक्षतिर सनाखत गर्ने नेता मोहम्मद इस्तियाक राईले दाबी गरे। कारागारमै सनाखत गराउने व्यवस्थासहित…

रेशम चौधरी निर्वाचन आयोग जाँदै

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य एवं प्रतिनिधिसभा सदस्य रेशम चौधरी कसको पक्षमा सनाखत गर्ने अझै खुलेको छैन । टिकापुर घटनाका जेलमा रहेका रेशम चौधरी महन्थ ठाकुर पक्षका नेता हुन् । पछिल्लो समय उनी महन्थ ठाकुर र राजेन्द्र महतोप्रति पनि असन्तुष्टि जनाउँदै आइरहेका थिए ।उता, थरुहट पक्षका अभियन्ताहरुले कसैको पक्षमा सनाखत नगर्न सुझाव दिएका थिए । तर उनी कसैको सुझावलाई नमान्दै आज एउटा पक्षमा सनाखत गर्ने बुझिएको छ । चौधरीको परिवारका अनुसार सनाखतका लागि उनी आफै निर्वाचन आयोग