आधुनिक भवनमा युरोपेली वास्तुकलाको प्रचलन

काठमाडौं । आर्किटेक्चरको नेपाली अर्थ हुन्छ, वास्तुकला । आर्किटेक्ट वा वास्तुकला भन्नासाथ भवन भन्ने बुझिन्छ । वास्तुकलामा भवन शब्दले मात्र पूर्णता पाउन सक्दैन । भवनसँग सम्बन्धित जग्गाजमिन, नक्सा पास, इन्टेरियर डिजाइन, इन्जिनियर, कला, शैली आदि सबै पर्दछन् । भवन जीवन निर्वाहको क्रममा सुरक्षासँग जोडिएर आउँछ । धन–सम्पत्तिको सुरक्षा, आत्मरक्षा, आरामदायी बसोबास, सुखशान्ति र स्थिरता नै भवन निर्माणको सुरुआत हो भन्न सकिन्छ । यसमा सौन्दर्यको कुनै भाव पाइँदैन किनकि यो त्यस समयको जीवन पद्धति हो, जुन समय ओडारको कष्टकर बसाइँबाट भर्खर स्थायी बसोबासको थालनी भएको थियो । वास्तुकलामा नयाँ–नयाँ शैली, कलाकृति, आर्किटेक्ट डिजाइन र इन्टेरियर डिजाइनको सुरुआत युरोपको ग्रिकबाट भएको मानिन्छ । यसले पूरा युरोपभर आफ्नो कला, संस्कृतिको रूपमा फैलिने अवसर प्राप्त गर्‍यो । वास्तुकलामा कला, धर्म, संस्कृति, रहनसहन, वस्तुको उपलब्धता, जाति विशेष आदिको ठूलो भूमिका र प्रभाव रहेको देखिन्छ । वास्तुकला एउटा दृष्य कला हो, जसमा विभिन्न शैली प्रयोग गरिन्छ । शैलीमा बनावट, निर्माण विधि, निर्माण सामग्री र क्षेत्रीय चरित्रजस्ता तत्व समावेश हुन्छन् । यसले संरचनालाई उल्लेखनीय वा ऐतिहासिक रूपमा पहिचानयोग्य बनाउँछ ।      प्रविधि र सूचना तथा सञ्चारको विकाससँगै संसार साँघुरियो । एक देशको वस्तु अर्को देशमा सजिलै हस्तारण हुने अवसर प्राप्त भयो । एक देशको प्रविधि, विकास र कला, संस्कृतिको नक्कल वा सिको गर्ने संस्कारको विकास भयो । सिको गर्ने सिलसिलामा नेपाल पनि त्यसबाट अछुतो रहन सकेन । यसको फलस्वरुप युरोपियन शैलीका भवन बन्न थाले । विशेषगरी नेपालमा यसको सुरुआत जंगबहादुर बेलायत गएर फर्केपछि भएको पाइन्छ । यहाँ यिनै युरोपियन शैलीमध्येको एक रेनेशाँ कलासम्बन्धी छोटो चर्चा गर्ने जमर्को गरिएको छ ।   युरोप क्लासिकल शैलीको आर्किटेक्चरका लागि प्रसिद्ध छ, जुन प्राचीन ग्रिसमा विकसित भएको थियो । मध्य युगको १४ औंदेखि १६ औं शताब्दीसम्म यो शैली इटालीको रोममा विकसित भएर युरोपभर फैलन सफल भयो । युरोपमा प्रचलित केही आर्किटेक्चर शैली बाइजान्टाइन, रोमानिस्क, गोथिक, रसियन, रेनेशाँ, ब्रान्कोभेन्स आदि हुन् । रेनेशाँ आर्किटेक्चर शैलीले प्राचीन ग्रिक र रोमन विचार, धार्मिक, सांस्कृतिक र भौतिक संस्कृतिको प्रतिनिधित्व गर्दछ । यो शैली पहिलो पटक फ्लोरेन्स सहरमा फिलिप्पो ब्रुनलेस्चीले आविष्कार गरेका थिए । यो पछि इटालीको रोममा फैलियो । समयक्रममा यसले युरोपको स्पेन, फ्रान्स, जर्मनी, इंग्ल्यान्ड, रुस आदि देशमा सहरको रूपमा विकसित हुन पुग्यो । यस शैलीमा सिमेट्री, प्रोप्रसन, जियोमेट्रीजस्ता म्याथमेटिक्स मेथड प्रयोग गरिएको छ । यी शैली विशेषगरी चर्च, नागरिक भवन र अन्य संरचनामा देख्न सकिन्छ । कोलम, पिलास्टर, लिनटेल्स आदि पिल्लर वा विमको रूपमा प्रयोग भएको छ । यसले भवनलाई हेराइमा सुन्दर र आकर्षक बनाउँछ । भवनको झ्याल, ढोका, पोर्टल र फायरप्लेसमा विभिन्न महँगा गरगहनाद्वारा आकर्षक ढंगले सजाइएका हुन्छन् । सेमिसर्कल आर्कस, हेमिसफेरिकल डोम्स, निचेस, आदिकुलाजस्ता आर्किटेक्चर प्रयोग गरी विविध धार्मिक मठमन्दिर निर्माण गरिएका छन् । धार्मिक मन्दिर र भवनमा अर्ध वर्गाकारका छाना, पिल्लर प्रयोग गरी बनाइएका हुन्छन् । भवनको माथिल्लो भागमा गुम्बज आकारको शैली प्रयोग गरिएको हुन्छ । यसमा विशेष कलात्मक शैली बढी प्रयोग भएको छ । इटालियनले गोथिक शैली नस्वीकारेको देखिन्छ । उनीहरू भवनको बाहिरी आकर्षणलाई बढी प्राथमिकता दिएको देखिन्छ । यसको उदाहरण हो, फ्लोरेन्स बाप्टिसटेरी र पिसा क्याथेड्रल । जुन धार्मिक भवनको रूपमा प्रतिनिधित्व गरेको छ र आकर्षक र कलात्मक बनावटले मनमोहक बनाएको छ । यसको आर्किटेक्चरमा भर्टिकल, क्लस्टर साफ्ट, अलंकृत ट्रेसरी र कम्प्लेक्स रिब्द भोल्टिङ यसका प्रमुख विशेषता हुन् । यस शैलीले युरोपको सबै क्षेत्र जस्तै, धार्मिक, सांस्कृतिक, राजनीतिक, ब्यापारिक, दार्शनिक, नागरिक रूपमा प्रभाव पारेको देखिन्छ । शैलीगत विशेषता रेनेशाँ आर्किटेक्ट डिजाइन भन्नु नै दृश्यावलकनको आधारमा स्क्वायर र सिम्याट्रिकल मोडलको प्रयोग हुनु हो । यस्तो मोडलमा प्रायः  फराकिलो प्वाल रहेको हुन्छ । यसको फेस भाग ठाडो गोलाकार अक्षमा घुमेको हुन्छ, जसको पिल्लर, आर्क र इन्टाविलेचर ट्रियान्गुलर आकारमा हुन्छ । पिल्लर रोमन र ग्रिक शैलीका प्रयोग गरिएका हुन्छन् । जस्तै, चुस्कान, डोरिक, आयोनिक, कोरिन्थियन र कम्पोजिट । यिनीहरू संरचनागत रूपमा आर्किट्राभ वा शुद्ध रूपमा सजावट गरिएका हुन्छन् । आर्केज, भाउल्ट, डोम्स प्रायः सबै सेमिसर्कलमै रहेका हुन्छन् । यसको छाना फराकिलो सनकिन प्यानलबाट बनेको हुन्छ, जुन गोलाकार, र्‍यागट्यांगुलर र ओक्टागन आकारमा छाइने गर्छ । यिनीहरू आकर्षक रंगरोगन र सजावटयुक्त हुन्छन् । यसका ढोका वर्गाकार लिन्टेल हुन्छन् । तिनीहरू आर्कमा सेट गर्न सकिन्छ वा त्रिकोणीय वा सेगमेन्टल पेडिमेन्टद्वारा माउन्ट गर्न सकिन्छ । यिनीहरु प्रायः साइजमा ठूलो र सजावटी हुन्छन् । झ्याल पनि सेमिसर्कल आर्कमा रहेको हुन्छ । झ्याल पनि ढोकाजस्तै त्रिकोणीय वा सेगमेन्टल पेडिमेन्टद्वारा माउन्ट गर्न सकिन्छ । भवनका वाल प्रायः इँटाले बनेको हुन्छ । साथै, भवनको मुख भाग रेन्डर र  राम्रोसँग फिनिसिङ गरिएका ढुंगाबाट बनेका हुन्छन् । वालका कर्नर क्वाइन गरिन्छ, जसले वालमा सुन्दरता थप्ने काम गर्दछ । यो त्यस समयको आकर्षक शैलीमा बनेको कलात्मक र सौन्दर्यमा आधारित भवन आधुनिक नयाँ शैलीका भवनको डिजाइनमा उपयुक्त हुन सक्छ । नयाँ–नयाँ शैलीका भवनको सौखिनका लागि यो आर्किटेक्चर शैली उपयुक्त हुन सक्छ ।

सम्बन्धित सामग्री

नेपालमा वैदेशिक सहयोग

दोस्रो विश्वयुद्धले धराशायी भएको पश्चिम युरोपको समग्र विकासका लागि धेरै पुँजीको आवश्यकता थियो । त्यसैले, विश्व अर्थव्यवस्थामा वैदेशिक सहयोगको प्रचलन सो युद्धको समाप्तिपछि भएको हो । वास्तवमा युद्धले क्षतिग्रस्त बनाएका युरोपेली मुलुकहरूको पुनरुत्थानका लागि संयुक्त राज्य अमेरिकाले मार्सल प्लानअन्तर्गत प्रवाह गरेको १२ दशमलव ५ मिलियन अमेरिकी डलरबाट विश्वमा वैदेशिक सहयोगको सुरु भएको हो । नेपालमा […] The post नेपालमा वैदेशिक सहयोग appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

तालीम, लगानी गरी तयार पारिएका जनशक्ति नेपालमा बस्दैनन्

होटेल एशोसिएशन नेपाल (हान) को ४८ औं साधारणसभाबाट एयरपोर्ट होटेलका प्रबन्ध निर्देशक विनायक शाह दुईवर्षे कार्यकालका लागि अध्यक्ष पदमा सर्वसम्मत चुनिएका छन् । पर्यटन व्यवसाय कोरोनाका कारण साढे २ वर्ष सुस्त रह्यो । यद्यपि सन् २०२३ को शुरुआतदेखि बढेको पर्यटक आगमनले व्यवसायी उत्साहित छन् । केही महीनाअघि मात्रै सरकारले पर्यटन दशकको घोषणा समेत गरेको छ । आतिथ्य सेवामा अन्तरराष्ट्रिय 'चेन ब्राण्ड' भित्रिरहेका छन् । यसरी पर्यटन व्यवसाय लयमा फर्किन थालेको अवस्थामा अब सरकार र निजीक्षेत्रका प्राथमिकता के के हुनुपर्छ त ? प्रस्तुत छ, होटेललगायत समग्र पर्यटन व्यवसायका समसामयिक विषयमा हानका नवनिर्वाचित अध्यक्ष विनायक शाहसँग आर्थिक अभियानका प्रधान सम्पादक मदन लम्सालले गरेको कुराकानीको सार : हस्पिटालिटी क्षेत्रमा लामो समय व्यतीत गरेपछि अहिले हानको नेतृत्वमा आउनु भएको छ । यो क्षेत्र अहिले कस्तो अवस्थामा छ ?  आतिथ्य व्यवसाय औपचारिक रूपमा २००७ सालदेखि शुरू भएको हो । पर्यटन मुलुकको सबैभन्दा व्यावसायिक रूपमा सञ्चालित उद्योग समेत हो । ठूलो क्षेत्र भएकाले समस्या पनि छन् । कोरोना भाइरसले यो उद्योग नराम्ररी प्रभावित भयो । अहिले विस्तारै अघि बढ्दै छ । केही मात्रामा व्यवसाय बढेको छ । २/३ वर्ष आम्दानी शून्यको अवस्थामा झ¥यो । सरकारले बन्दाबन्दी लागू गर्दा व्यवसाय हुन सकेन, जसले गर्दा आयआर्जन सुक्यो । पर्यटन व्यवसायको अहिलेको मुख्य समस्या बैंक तथा वित्तीय संस्थाको सावा/ब्याज तिर्न नसक्नु हो । गत आर्थिक वर्षमा समयमा सावा/ब्याज तिर्न नसक्नेलाई नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिले केही राहत दिएको थियो । तर, चालू आर्थिक वर्षदेखि भने सामान्य अवस्थाको जस्तै व्यवहार गरिएको छ । समयमा सावा/ब्याज तिर्न नसक्नेलाई अहिले धरपकड, दण्ड सजायका कुरा आइरहेका छन् । हाम्रो साधारणसभामा सदस्य होटेलहरूले यही विषय उठाएका छन् । आउँदो बजेट र मौद्रिक नीतिको समीक्षाले होटेल क्षेत्रका समस्या सम्बोधन हुने आशा छ । पर्यटक आगमन बढ्दो छ । अन्तरराष्ट्रिय चेन ब्राण्ड र नयाँ होटेल पनि आउँदै छन् । पर्यटन क्षेत्र लयमा फर्किएको हो ? हेर्दा त्यस्तो देखिन्छ । पाँचतारे होटेल आएका छन् र भीडभाड पनि देखिन्छ । तर, समस्या कहाँ रह्यो भने जसरी आपूर्ति बढ्यो, त्यसअनुसार माग बढेको छैन । अहिले भएका होटेलहरूबाट ३५ लाख ग्राहकलाई सेवा दिन सक्छौं । तर, यथार्थमा सन् २०२२ मा ६ लाख पर्यटक आएका छन् । अहिले होटेलहरू २५ प्रतिशत क्षमतामा मात्र चलेका छन् । मागभन्दा आपूर्ति बढी छ । तर, हाम्रो विश्वास छ, माग पनि बढ्नेछ । किनभने हामी चीन र भारतको बीचमा छौं । कोभिडपछि करोडौं संख्यामा चिनिया“ र भारतीय पर्यटक बाहिर निस्किन्छन् । तर मुख्य समस्या कनेक्टिभिटीमा छ । यसले ठूलो मर्का परेको छ । त्रिभुवन विमानस्थलले मात्र धान्दैन । अन्तरराष्ट्रिय विमानस्थल भनिए पनि पोखरा र गौतमबुद्धबाट आन्तरिक उडान मात्र भएका छन् । यहाँ भारतीय र चिनियाँ पर्यटक ल्याउन सकिन्थ्यो । चीन र भारत जोड्ने सडक पनि स्तरीय छैनन् । नेपाली होटेल क्षेत्र सेवासुविधा दिन तयार छ । काठमाडौंका पाँचतारे चेन होटेलको मार्केटिङ आक्रामक हुन्छ । यसले नयाँ होटेल चल्न समस्या भएन । तर, यहाँ ५०–५५ वर्षदेखि सञ्चालन भइरहेका होटेल पनि धेरै छन् । यस्ता होटेल राम्रोसँग सञ्चालनमा आउन सकेका छैनन् । आन्तरिक पर्यटक बढेका छन् । नेपालको परिवेश हेर्दा ३८ देखि ४० प्रतिशत अकुपेन्सी भएमा होटेल सञ्चालन राम्रो मानिन्छ । गतवर्ष नेपाल राष्ट्र बैंकले ५ प्रतिशत ब्याजदरमा सहुलियतपूर्ण कर्जा दिएको थियो । यस्तो सुविधा सबै व्यवसायीले पाएका थिए ?  सरकारले दिएको सहुलियतपूर्ण कर्जा राम्रो पहुँच भएकाले मात्र पाए । सबै व्यवसायीले पाउन सकेनन् । सहुलियतपूर्ण कर्जातर्फ ५० अर्ब रुपैयाँ छुट्ट्याइएको थियो । यसमध्ये ५ प्रतिशतजति उपयोग भयो होला, दुरुपयोग पनि भयो होला । हस्पिटालिटी क्षेत्रमा अर्बाैं लगानी छ । भएका होटेल तथा रिसोर्ट नै पूर्ण क्षमतामा सञ्चालन नहुँदा पनि यो क्षेत्रमा नयाँ लगानी थपिएको र थपिँदै छ । बहुराष्ट्रिय चेन ब्राण्ड भित्रिने क्रम जारी छ । यो क्षेत्रमा यस्तो आकर्षण किन ? कोभिडअघि सन् २०१९ मा झन्डै २० करोड चिनिया“ बाहिर निस्किए । त्यस्तै करीब १० करोड भारतीय बिदामा बाहिर निस्किए । यसरी हामी वार्षिक करोडौं पर्यटक घुमफिरका लागि निस्कने दुई देशको बीचमा छौं । ३० करोडमध्ये २ प्रतिशत मात्र पर्यटक नेपाल ल्याउन सके जति होटेल खुले पनि समस्या हुँदैन । यसका लागि बलियो कनेक्टिभिटी हुनुपर्‍यो । नेपालमा हवाई दुर्घटना पनि भइरहेको छ । यसले हाम्रो हवाई सेवाप्रतिको विश्वसनीयता घटाउँछ । खर्च गर्न सक्ने पर्यटक पनि हवाई सेवा लिने कि नलिने द्विविधामा हुन्छन् । समस्या र यसको समाधान पनि सम्बन्धित निकायलाई थाहा छ । नियामक र सेवाप्रदायक एकै निकाय हुँदा समस्या भयो भन्ने छ । यसमा सुधार गरौं । व्यवसायी पनि प्रभावशाली नै देखिन्छन् । जोखिम लिएर करोडौं लगानी गर्नुभएको छ । कनेक्टिभिटीलगायतको सुधारका लागि तपाईंहरू किन सामूहिक रूपमा पहल गर्नुहुन्न ? संघसंस्थामा लागेको, संस्थाहरू बनाएको नै यसैका लागि हो । हाम्रो काम पनि यसमा भइरहेकै छ । तर, एउटा निकायले मात्र गरेर हु“दैन । दशकौंदेखि चलिरहेको पर्यटन क्षेत्रलाई सेवा व्यवसायको रूपमा मात्र परिभाषित गरिएको छ । व्यवसाय भनेको सानो पसलदेखि मोटरसाइकल बनाउने कारखाना पनि हो । खर्बाैं लगानी भएको यो क्षेत्रले उद्योगको मान्यता पाउन सकेको छैन । पर्यटन क्षेत्र उद्योगको रूपमा किन समावेश भएन ? यसमा समावेश हुँदा के फाइदा हुन्छ ? तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईदेखि विष्णु पौडेल अर्थमन्त्री हुँदासम्म पर्यटन तथा होटेललाई उद्योगसरह मान्यता दिने भनियो । तर, सरकार गएपछि फाइल जहाँको त्यहीँ थन्किएको छ । उद्योगको मान्यता पाउँदा यस क्षेत्रलाई सरकार र नीति निर्माताले हेर्ने दृष्टिकोण नै फरक हुन्छ । कुनै घरपरिवारले जुन दररेटमा विद्युत् महशुल तिर्छन्, होटेलले पनि त्यति नै तिरे पुग्छ । वैदेशिक मुद्राको आधारमा मात्रै गाडीलगायत सामानमा भन्सार छूट दिइन्छ । यो पटके निर्णय हो । होटेलहरू उद्योग विभाग, कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुन्छन्, व्यवहार चाहिँ उद्योगसरह गरिँदैन । बहुराष्ट्रिय चेन ब्राण्ड भित्रि“दा मुलुकका स्थापित होटेललाई के कस्तो दबाब छ ?  नेपालमा सम्भावना देखेरै चेन ब्राण्ड आएका हुन् । खुला बजार अर्थतन्त्रमा व्यवसाय आउन नसक्ने वा नपाउने भन्ने हुँदैन । त्यस्ता होटेल व्यवस्थापन नयाँ तौरतरीका, नवप्रवर्तन र नयाँ प्रविधिसहित आएका हुन्छन् । त्यसले सञ्चालन खर्च कम हुन्छ । नेपालमा पनि ‘यो चेन ब्रान्ड छ’ भन्ने सन्देश जाँदा स्वतः यहाँको प्रचारप्रसार हुने भएकाले फाइदा नै हुन्छ । अब ‘केकको साइज’ बढाउनुपर्छ । सरकारले घोषणा गरेको ‘पर्यटन दशक २०२३–२०३३’ मार्फत वार्षिक ३५ लाख पर्यटक भित्र्याउन कत्तिको सम्भव देख्नुहुन्छ ?  होटेल व्यवसायबाट प्रवाह हुने सेवा र क्षमताले अहिले नै हामी सक्षम छौं । निजीक्षेत्र धेरै अघि बढेको छ । तर, सरकार भने धेरै पछि छ । आउ“दो पर्यटन सिजनमा नेपालमा आउन चाहनेको सोधखोज निकै उत्साहजनक छ । नेपालप्रति चाख बढेको छ । आउँदो जुन महीनामा ठूलो कार्यक्रम आयोजना गर्दै छौं । ट्राभल एसेन्सीहरूले पनि नेपाल प्याकेज विक्री शुरू गरेका छन् ।  त्यसोभए सरकारले के कस्ता काम गर्दा यो लक्ष्य हासिल हुन्छ ? सबैभन्दा पहिले थपिएका दुईओटा अन्तरराष्ट्रिय विमानस्थल पोखरा र गौतमबुद्धबाट प्रभावकारी रूपमा अन्तरराष्ट्रिय उडान हुनुपर्छ । सरकारी निकायहरूबाट मार्केटिङ हुनुपर्छ । यसका लागि निजीक्षेत्र वा अनुभवप्राप्त अन्तरराष्ट्रिय संस्थाबाट भए पनि यी विमानस्थल सञ्चालन गरौं । यसको सफल उदाहरण भारतको इन्दिरा गान्धी अन्तरराष्ट्रिय विमानस्थल छ । अर्बाैं लगानी भएका विमानस्थल खाली राख्नु भएन । सातओटै प्रदेशलाई पर्यटन चाहिएको छ । तर, करका कुरा मिलाउनुपर्छ । प्रदेशमा गएर पर्यटन र होटेलमा लगानी गर्न लगानीकर्ता लालायित छन् । गर्ने निजीक्षेत्रले नै हो । त्यसका लागि सरकारले वातावरण बनाइदिनुपर्छ । त्यसमा कुरा र भाषणले टार्नु भएन । तीनओटै तहलाई जोडेर काम गर्दा उल्लेख्य परिणाम हासिल गर्न सकिन्छ । नेपालभन्दा पछि पर्यटन व्यवसाय शुरू गरेका मुलुकले वार्षिक करोडौं पर्यटक भित्र्याउँटन् । तर, हामी १०–१५ लाख पर्यटकमा अल्झिएका छौं । यसमा निजीक्षेत्र पनि चुकेको भन्न सकिन्छ ? निजीक्षेत्र कहाँ चुक्यो भन्नुस् । होटेल क्षेत्रमा खर्बाैं लगानी भएकै छ । ११ लाखलाई रोजगारी दिएका छौं । थप लगानी गर्न लगानीकर्ता इच्छुक छन् । कनेक्टिभिटी जस्ता पूर्वाधार विस्तारमा सरकार र प्रचारप्रसारमा नेपाल पर्यटन बोर्ड प्रखर हुनुपर्छ । निजीक्षेत्रकै पहलमा पर्यटन गन्तव्य चर्चित भएका छन् । यो त प्रमाणित छ । सबै स्तरीय होटेल रेस्टुरेन्टको मेनुमा नेपाली खाना पनि समावेश गर्ने अभियान चलाउने कुरा पनि थियो । त्यसमा के भइरहेको छ ?  यसअन्तर्गत हालसम्म २२० ओटा नेपाली रैथाने खानाको रेसिपी तयार गरिएको छ । यसमा नेपालका सेफहरू पनि लागिरहनुभएको छ । रेसिपी तयार गरेर अनलाइनमा राखिएको छ । ९० देशमा बसोवास गर्ने गैरआवासीय नेपालीले सञ्चालन गरेका रेस्टुराँमा अहिले यही रेसिपीअनुसार बनाइएको नेपाली परिकारको स्वाद विदेशीलाई चखाइएको छ । खासगरी युरोपेली शहरमा रहेका नेपाली रेस्टुरा“मा यो रेसिपीको बढी प्रयोग भएको छ । यसलाई थप विस्तार गर्ने योजनामा छौं । विश्वका पर्यटन मेलामा नेपाली परिकार राख्ने तयारी छ ।  नेपालमा बढी खर्च गर्ने पर्यटक ल्याउन के के गरिनुपर्छ ? बढी खर्च गर्ने पर्यटकलाई विमानस्थलदेखि नै विशेष सुविधा दिनुपर्छ । व्यवसायीले धेरै प्याकेज विकास गरेका छन् । त्यसमा बढी खर्च गर्नेमा युरोपेली, अमेरिकी, जापानीहरू पर्छन् । चार्टर्ड उडानमा आउनेका लागि विमानस्थलबाट उडान अनुमति लिन ढिलाइ तथा समस्या हुन्छ, जसले गर्दा उनीहरू नेपालको विकल्प खोजेर अन्यत्र जान्छन् ।  अहिले भइरहेका गन्तव्यभन्दा केही पृथक् प्रडक्ट पहिचान भएको छ त ? सातओटै प्रदेशमा १०० गन्तव्य पहिचान भएका छन् । अहिलेको प्रचलन गन्तव्यका साथै पर्यापर्यटन, ग्यास्ट्रोनोमी (सांस्कृतिक, जातजातिमा प्रचलित खाना), स्वास्थ्य, खेल, अध्यात्म, सांस्कृतिक पर्यटनलगायतका गतिविधि बढाउनुपर्छ । हस्पिटालिटी क्षेत्रका जनशक्ति विदेशिने गरेका छन् । यो क्षेत्रमा जनशक्ति पाउन कत्तिको कठिन छ ? यो क्षेत्रमा रोजगारी पाउनेमध्ये ३० प्रतिशत महिला छन् । यो क्षेत्रमा स्थायी, अस्थायी, सिजनअनुसार जनशक्ति राखिएको हुन्छ । सिजनमा होटेलहरूमा थप जनशक्ति आवश्यक हुँदा पार्टी प्यालेसहरूबाट ल्याइन्छ । होटेल व्यवस्थापन कलेज पनि जनशक्ति आपूर्तिका स्रोत हुन् । क्याटरिङ, पार्टी प्यालेस र यस्तै खालका शीप सिकेका कामदार पनि हुन्छन् । शीपयुक्त जनशक्ति पाउन समस्या छ । सरकारले ३५ अर्ब रुपैयाँ शीपमूलक शिक्षा तथा तालीममा खर्च गर्छ । होटेल क्षेत्रमा तालीम दिने धेरै संस्था छन् । त्यहाँबाट सैद्धान्तिक शिक्षा लिएकाहरूलाई होटेलले ५/६ महीना काम गर्ने अवसर दिन्छन् । तर, त्यसरी तालीम दिएर, लगानी गरेका जनशक्ति बढीमा १ वर्षमै विदेशिन्छन् । यसलाई यहीँ व्यवस्थापन गर्ने सरकारको नीति छैन । हामीले समय, लगानी गरेर तालीम दिन्छौं, यो हामीलाई उपयोगसिद्ध भएन । अर्काेतर्फ, नेपालमा भएका कलेजले सैद्धान्तिक ज्ञानमात्र दिए ।  दुईवर्षे कार्यकालमा के के गर्नुहुन्छ ? प्राथमिकता के हुन् ? हानको विधान र मिसनअनुसार काम गर्ने हो । यो व्यवसाय टिकाउन विभिन्न आयाममा समयसीमा तोकेर काम गर्नेछौं । बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित समस्या समाधान, सदस्य विस्तार, राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको रूपमा समावेश गर्ने लगायत काम प्राथमिकतामा छन् । यो क्षेत्रलाई बढीभन्दा बढी काम चाहिएको छ । प्रचारप्रसारमा नेपाल पर्यटन बोर्डसँग सहकार्य गरेर काम गरिनेछ । यी काम गर्न सकिए पनि आजको भन्दा फरक परिवेश बन्छ । अर्काेतर्फ सरकारले गर्ने निर्णयहरू मिडियामार्फत जानकारी हुनुभएन । होटेल व्यवसायीसँग पनि सहकार्य र छलफल गर्नुपर्छ ।

विदेश अध्ययनः आवश्यकता, महत्वकांक्षा कि, बाध्यता

नेपाली विद्यार्थी विदेशमा गएर अध्ययन गर्ने प्रचलन परापूर्वकालदेखि सुरु भएको पाइन्छ। इतिहास हेर्ने हो भने नेपाली जनमानसमा शैक्षिक चेतना भएसँगै नेपाली विद्यार्थीहरु भारतका विभिन्न विश्वविद्यालयमा गई अध्ययन गर्ने गरेको पाइन्छ। विकासक्रमसँगै नेपालले विश्वका विभिन्न विकसित मुलुकहरु जस्तै, बेलायत, संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया, युरोपेली मुलुकलगायतका देशहरुसँग दौत्य र कुटनीतिक सम्बन्ध राखिसकेपछि विदेशमा गई अध्ययन गर्ने विद्यार्थीको…