‘प्रहरीलाई प्रविधि चाहिएको छ’

काठमाडौँ,२७ असार । प्रतिनिधिसभाको आजको बैठकमा मुलुकको वर्तमान आर्थिक अवस्थामा प्रहरीलाई हतियार खरिद गर्न लागिएको भन्दै प्रमुख प्रतिपक्षी दलका सांसद नवराज सिलवालले आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको आजको बैठक प्रारम्भ हुनेबित्तिकै उहाँले प्रहरीलाई हतियार भन्दा पनि प्रविधि चाहिएको जिकिर गरे । उनले सरकारले रकमान्तर गरेर प्रहरीलाई हतियार खरिद गर्न लागेको आरोप लगाए ।रासस

सम्बन्धित सामग्री

प्रदेश प्रहरीलाई ‘प्रविधि मैत्री’ बनाउछु : मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुशासनको प्रत्याभूतिका प्रदेश प्रहरीलाई प्रविधि मैत्री बनाउने बताएका छन् ।  ३४ कोठे तीनतले नवनिर्मित वडा प्रहरी कार्यालय विराटनगर–७ स्थित भवनको उद्घाटन गर्दै उनले  शान्ति सुरक्षा अनिवार्य राख्‍न प्रविधिमैत्री प्रहरी हुनु पर्ने बताएका हुन् । उक्त भवन भौतिक पूर्वाधार विकास मन्त्रालय सहरी विकास तथा भवन...