टी–२० विश्व कप एसिया छनोट : ग्लोबल छनोटमा पुग्न नेपालले यूएईलाई राम्रो रनरेटमा जित्नुपर्ने

काठमाण्डाै - आईसीसी महिला टी–२० विश्व कप एसिया छनोटको अन्तिम खेलमा नेपालले आज यूएईसँग खेल्दैछ । नेपाल र यूएईबीचको खेल दुबईमा बिहान सवा ११ बजे सुरु हुनेछ । ग्लोबल छनोटमा पुग्न नेपालले यूएईलाई जित्नुपर्ने र नेट रनरेटमा समेत भर पर्नुपर्ने अवस्था छ । चार खेल खेल्दा यूएईको आठ अङ्कसहित दुई दशमलव ३९८ को रनरेट छ । नेपालको तीन खेलमा ६ अङ्कसहित दुई दशमलव ०८८ को रनरेट छ। प्रतियोगितामा ६ टोली सहभागी छन् । अङ्क तालिकामा शीर्ष हुने टोली ग्लोबल छनोटमा पुग्नेछ । चारमध्ये तीन खेल जितेको हङकङको पनि समान ६ अङ्क नै छ । तर...