एमालेद्धारा संसदमा अर्थमन्त्रीको राजीनामा माग

काठमाडौं।एमालेले संसदमा अर्थमन्त्रीको राजीनामा माग गरेको छ।लुम्बिनी प्रदेशको स्वास्थ्य राज्यमन्त्री बिमलाकुमारी खत्री वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।च्यासलमा एमाले अनुशासन आयोगको बैठक जारी रहेको छ।बर्दिबासको एक घरमा आगलागी हुँदा ४ लाख बराबरको क्षति हुन पुगेको छ र विश्वकप लिग २ मा आज नेपाल र ओमान भिड्दै छन्।

सम्बन्धित सामग्री

संसदीय विशेष समिति बनेपछि पनि एमाले असन्तुष्ट, अर्थमन्त्रीको राजीनामा माग

अर्थमन्त्रीको विषयमा उठेको प्रश्नबारे संसदीय विशेष छानबिन समिति बनेपछि पनि नेकपा एमाले असन्तुष्ट बनेको छ । एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा नै आउनुपर्ने माग गरेको छ।  सभामुख अग्नि सापकोटाले अर्थमन्त्री शर्मालाई बोल्न समय दिएपछि एमालेले अर्थमन्त्रीको राजीनामा नै आउनुपर्ने माग गरेको हो । एमाले सांसद योगेश भट्टराईले अर्थमन्त्रीले राजीनामा नै दिनुपर्ने पार्टीको बटमलाइन रहेको स्पष्ट पारे । उनले अर्थमन्त्रीलाई बोल्न समय दिएकामा पार्टीको गम्भीर बिमति रहेको भन्दै उनमा अर्थमन्त्रीको रुपम

अर्थमन्त्रीको राजीनामा माग गर्दै प्रदर्शन गर्ने एक समुह प्रहरी नियन्त्रणमा

काठमाडौँ– अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गर्दै सिंहदरबार अगाडि प्रदर्शन गर्ने युवाहरूको एक समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  युथ कांग्रेस आवद्ध युवाहरूले अर्थमन्त्रीको राजीनामा माग गर्दै बुधबार सिंहदरबारको दक्षिण गेट नजिकै प्रर्दशन गरेका छन् । प्रदर्शन सुरु गरेलगत्तै प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।  उनीहरूले कालो कपडा र अर्थमन्त्री राजीनामा दे लेखिएको प्लेकार्ड प्रर्दशन गरेका […]

अर्थमन्त्रीको राजीनामा माग गर्दै एमालेले संसद् चल्न दिएन

काठमाण्डाै – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधि सभाको बैठक चल्न दिएको छैन । अर्थमन्त्रीको राजीनामा माग गर्दै एमालेले प्रतिनिधि सभाको बैठकमा अवरोध गरेको हो ।  अर्थमन्त्रीले आउँदो आर्थिक वर्षको बजेटमा करका दर निर्धारण गर्दा बिचौलियालाई अर्थ मन्त्रालयमा प्रवेश दिएको भन्दै एमालेले अर्थमन्त्रीले राजीनामा दिनुपर्ने माग गरेको हो ।

एमालेद्वारा अर्थमन्त्रीको राजीनामा माग, संसदमा अवरोध

नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरेको छ । एमालेले बजेट निर्माण गर्ने क्रममा अर्थमन्त्रीले करका दर हेरफेर गर्न अमुक मान्छे पठाएको भन्दै संसदीय छानबिन समिति गठन गर्न मागसमेत गरेको छ । समिति गठन नभएसम्म संसदको अवरोध कायम रहने एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयकमाथिको छलफलमा जवाफ दिनेक्रममा एमालेले विरोध गरेपछि भट्टराईले बोल्ने समय दिएका थिए । त्यसपछि उनले शर्माको भूमिकाको कडा आलोचना गर्दै उनको राजीनामा मागसहित

एमाले सांसद पाण्डेद्वारा अर्थमन्त्रीको राजीनामा माग

पूर्वअर्थमन्त्री एवं नेकपा एमालेका सांसद सुरेन्द्र पाण्डेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरेका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद पाण्डेले अनधिकृतरुपमा अर्थमन्त्रीले करका दरहरु हेरफेर गरेका भन्दै नैतिकरुपमा उनले राजीनामा दिनुपर्ने...

एमालेद्वारा अर्थमन्त्रीको राजीनामा माग

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल एमालेले नीतिगत भ्रष्टाचारमा संलग्न भएको भन्दै अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागेको छ। मंगलबार प्रतिनिधिसभा बैठकमा एमालेले अर्थमन्त्री शर्माको राजीनामा मागेको हो। बजेट सार्वजनिक गर्ने अघिल्लो दिन १४ जेठको मध्यराति अर्थमन्त्रालयमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेर गरेको भन्दै अर्थमन्त्री शर्माको राजीनामा मागिएको हो । मंगलबार बैठकको सुरुमै एमालेका सांसद […]

एमालेले माग्यो अर्थमन्त्रीको राजीनामा

नेकपा(एमाले)का सांसद सुरेन्द्र पाण्डेले अर्थमन्त्री जनार्दन शर्मामाथि गम्भिर प्रश्न उठेको भन्दै  राजीनामा माग गरेका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा समय माग गरी बोल्दै सांसद पाण्डेले अर्थमन्त्री जनार्दन शर्मालाई बजेट निर्माणका...

संसद्मा अर्थमन्त्रीको राजीनामा माग फिर्ता बोलाउन पार्टीमा छलफल

काठमाडौंं  । बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई समावेश गराएको भन्दै अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरिएको छ । प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा प्रमुख प्रतिपक्ष दल एमालेका सांसदहरूले शर्माको राजीनामा माग गरेका हुन् । एमाले सांसद योगेश भट्टराईले मध्य रातमा पूर्व नायव सुब्बालाई मन्त्रालयमा लगेर करको दररेट परिवर्तन गराएको विषय गम्भीर भएको भन्दै अर्थमन्त्रीको राजीनामा माग गर्नुभयो […]

योगेश भट्टराईले मागे संसदबाटै अर्थमन्त्रीको राजीनामा

काठमाडौं :  प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद योगेश भट्टराईले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागेको छ। सोमबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले अर्थमन्त्रीको राजीनामा माग गरेका हुन्। उनले अर्थमन्त्री शर्माले आफ्नो अमुक प्रतिनिधिलाई जेठ १४ गते मध्यराति अर्थमन्त्रालयमा खटाई विद्युतिय गाडीका कर, स्वास्थ्य बिमाको विषय, फलाम र फलामजन्य वस्तुहरूको कर, सेनेटरी प्याडको करलगायतको विषयमा करको दर हेरफेर गराएको सञ्चारमाध्यममा समाचार आएको उल्लेख गरे। ‘नेपालको संसदीय इतिहास

काँग्रेस केन्द्रीय समितिमा मागियो अर्थमन्त्रीको राजीनामा

नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागिएको छ । काँग्रेस केन्द्रीय सदस्य प्रकाश रसाइली (स्नेही)ले अर्थमन्त्रीको राजीनामा माग गरेका हुन् । उनले बैठकमा भने, ‘व्यापार घाटा बढेको छ । अर्थतन्त्र ओरालो लागेको छ  । तर सुधारको प्रयास भएको छैन ।’अर्थमन्त्री शर्मालाई बर्खास्त गरेर अर्थतन्त्र ट्याकमा ल्याउनुपर्ने उनको भनाइ छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवासमक्ष माग गरेको रसाइलीले बताए । ‘अर्थमन्त्री शर्मालाई बर्खास्त गर