खसीबजारमा टिपरको ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

काठमाडौँ – काठमाडाैँकाे कलंकीस्थित खसीबजारमा गएराति टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा धादिङको छत्रे देउराली-२ का १८ वर्षीय विश्वास रञ्जितकार रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका रञ्जितकारको उपचारका क्रममा राति सवा १० बजे राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको हो। कलंकीबाट बल्खुतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०१-००६ ख २८९३ नम्बरको टिपरले सोही दिशातर्फ […]