सर्वोच्च अदालतमा मंसिर १५ देखि गोला प्रथाबाट पेसी तोकिने

काठमाडौँ, १३ मङ्सिर। सर्वोच्च अदालतमा बुधबारदेखि इजलास तोक्दा गोलाप्रथा हुने भएको छ । सर्वोच्चको गत मंसिर ९ गतेको फुलकोर्ट बैठकको निर्णय अनुसारको सूचना राजपत्रमा प्रकाशित भएसँगै मंसिर १५ गते देखि गोलाप्रथा प्रणाली लागू हुने निश्चित भएको हो । प्रधानन्यायाधीशको राजीनामा मागसहित बेन्च बहिष्कार गरिरहेका न्यायाधीशहरू गोलाप्रथा लागू भएपछि इजलास फर्कन सहमत भएपछि फुलकोर्टले गोलाप्रथाबाट इजलास […]

सम्बन्धित सामग्री

सर्वोच्चमा आजदेखि गोला प्रथा, न्यायाधीशहरु ३७ दिनपछि इजलासमा फर्किँदै

काठमाण्डाै – सर्वोच्च अदालतमा आजदेखि गोला प्रथा अर्थात् गाेला प्रक्रियाद्वारा मुद्दाको पेसी तोकिने भएको छ । नेपालमा आधुनिक न्यायालयको इतिहासमा पहिलो पटक सर्वोच्चमा गोला प्रक्रियाद्वारा मुद्दाको पेसी तोकिने भएको हो । यस्तो अभ्यास जिल्ला अदालतमा केही समय गरिए पनि पछि हटाइएको थियो । सर्वोच्च अदालत नियमावली संशोधन र गोला प्रक्रियाबाट पेसी तोक्नेसम्बन्धी निर्देशिका जारी गरेर सर्वोच्च अदालतको पूर्ण बैठकले न्यायाधीशहरुको इजलास गठन गरी मुद्दा तोक्ने अधिकार प्रधानन्यायाधीशबाट कटौती गरेको हो । यसबाट पेसी व्यवस्थापनमा देख...