विदेश जाने श्रमिकको संख्या ३.६८ गुणाले वृद्धि

वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले आर्थिक वर्ष २०७८/०७९ मा विदेश जाने श्रमिकको संख्या ३.६८ गुणाले वृद्धि भएको बताएका छन् । शुक्रबार विभागमा वैदेशिक रोजगार विभागको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक समीक्षा तथा छलफल कार्यक्रममा महानिर्देशक पौडेलले यस्तो बताएका हुन् ।