कोरोनाविरुद्ध लड्न अभिनेत्री प्रियंका चोपडाले थालिन् नयाँ अभियान

बलिउड अभिनेत्री प्रियंका चोपडाले भारतमा फैलिएको कोरोना भाइरस संक्रमणको महामारीविरुद्ध लड्न नयाँ अभियान शुरू गरेकी छन् । सामाजिक सञ्जाल इन्स्टाग्राममा भिडियो सन्देश राख्दै अभिनेत्री चोपडाले कोरोना विरुद्धको कोषमा सहयोग गर्न अपिल गरेकी छन् । भिडियोसँगै राखिएको अपिलमा उनले लेखेकी छन्, ‘यहाँ लगभग ६३ मिलियन व्यक्तिले मलाई फलो गरेका छन्, यदि तपाईं १ लाख व्यक्तिले १० डलर पनि सहयोग गर्नुभयो भने कूल १ मिलियन डलर सहयोग हुनेछ, यो धेरै ठूलो धनराशी हो ।’ अभिनेत्री चोपडाले ‘गिभइन्डिया’सँग मिलेर सहय...