काठमाडौं, ८ कार्तिक । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । मुलुकको पछिल्लो राजनीतिक घट्नाक्रमबारे छलफल गर्न तीन नेताबीच आज भेटवार्ता भएको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको बैठकमा एमसीसी, सत्ता गठबन्धन र निर्वाचनबारे छलफल गरेको बुझिएको छ । […]