चैतभित्र भीमफेदी–कुलेखानी सडक स्तरोन्नति हुन्छः मन्त्री फुयाँल

हेटौंडा । बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले आगामी चैत महिनाभित्र भीमफेदी–कुलेखानी काठमाडौं सडक स्तरोन्नतीको काम सम्पन्न हुने बताएका छन् । निर्माणाधीन सडकको निरीक्षण गर्दै मन्त्री फुयाँलले भीमफेदीदेखि कुलेखानीको हेबीसम्म सडक फराकिलो बनाउने, नाला तथा पर्खाल निर्माणको काम एवं ३७ मोडमा स्ल्याप ढलानको काम सम्पन्न भएको र अब अलकत्राको पिच बनाउने काम शुरु हुने जानकारी दिए । उनले मदन भण्डारी मार्गअन्तर्गतको उक्त खण्डको स्तरोन्नति प्रदेश राजधानी र सङ्घीय राजधानी बीचको या