स्टार्टअप फेष्ट : ३ हजार स्वदेशी र विदेशी उद्यमी तथा लगानीकर्ता एकै मञ्चमा

जेठ १७, काठमाडौं । कन्फेडेरेसन अफ नेप्लिज इन्डस्ट्रिज योङ इन्टरप्रेनर्स फोरम (सिएनआईवाईईएफ) ले असार ११ गते नेपालमा स्टार्टअप प्रवर्द्धनको लागि सिएनआईवाईईएफ नेपाल स्टार्टअप फेस्ट गर्ने भएको छ । फेस्टमा ३ हजारभन्दा बढी स्वदेशी तथा विदेशी उद्यमी, लगानीकर्ता, विद्यार्थीको उपस्तथिति आयोजकले बताएको छ । नेपालमा स्टार्टअप्सलाई अभियानको रुपमा अघि बढाउने र नवप्रवर्तनकारी व्यवसायलाई अथतर्न्त्रको महत्वपूर्ण अंगको रुपमा स्थापित गर्ने उद्देश्यले यस कार्यक्रम आयोजना गर्न लागिएको जानकारी सिएनआईवाईईएफका अध्यक्ष अमुन थापाले बताए । स्टार्टअप्सलाई अघि बढाउन सरकारले विभिन्न नीतिगत व्यवस्था गरेको र त्यसको कार्यान्वयनको लागि समितिले सहकार्य गर्ने गरेको उनीको भनाइ छ । कार्यक्रममा स्टार्टअप्स लगानीको लागि पेश गर्न व्यवस्था पनि मिलाइएको सिएनआर्इवाईईएफका निवर्तमान अध्यक्ष चाङ अग्रवालले जानकारी दिए । जेठ २७ गतेसम्म यसमा आवेदन दिन सकिने उनले बताए । ‘यस्तो कार्यक्रम नेपालको इतिहासमा नै पहिलो पटक हुन लागेको हो, हामीले ४ लाख डलर बराबरको लगानीको लागि आसयपत्रमा हस्ताक्षर गरिसकेका छौं,’ उनी भन्छन् । अग्रवालको अनुसार टिम भेन्चर, ग्लोबल इक्विटी फण्ड, आध्यन्ता फण्ड म्यानेजमेन्ट, हिमालयन क्यापिटल र टेलिभेन्चर पार्टनरले संयुक्त रुपमा ५० करोडको आसय दिइसकेका छन् । गत वैशाख २७ गते उक्त संस्थाहरुसँग सम्झौता गरिएको उनले बताए । फेस्टमा सात ओटा विधालाई सम्मानित गरिने बताइएको छ । एक दिवसीइ उक्त कार्यक्रममा ५० भन्दा धेरै स्टार्टअपले स्टल पनि राख्ने छन् ।