केपी ओलीभन्दा कांग्रेस हजारौं गुणा लोकतन्त्रवादी : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान र गणतन्त्र उल्ट्याउने षड्यन्त्र रोक्न पाँच दलीय गठबन्धन गर्नुपरेको बताएका छन् । शुक्रबार पाँच दलीय सत्ता गठबन्धनले आयोजना गरेको प्रशिक्षणलाई सम्बोधन गर्दै प्रचण्डले तत्कालिन एमाले अध्यक्ष समेत रहेका केपी ओलीले नेतृत्व गरेको गठबन्धन प्रतिगामी गठबन्धन रहेको र सत्ता गठबन्धन अग्रगामी गठबन्धन रहेको बताए । ‘दुईवटा प्रवृति र दुईवटा गठबन्धन आमनेसामने छन् । एउटा विकास र सम्बृद्धिप्रति प्रतिवद्ध छ र अर्को संविधान, लो