काठमाडौं– काठमाडौँ महानगरपालिकाको सामाजिक विकास विभागले लक्षित वर्गको कार्यक्रम सहयोग अन्तर्गत अहिलेसम्म ३३ वटा संघसंस्थाबाट प्रस्ताव पाएको छ। विभागले विभिन्न समयमा सार्वजनिक सूचना मार्फत संघसंस्थाहरूलाई आवेदन दिन आह्वान गरेको थियो, जसमा ३० प्रतिशत लागत सहभागिता स्वयं संघसंस्थाले व्यहोर्ने गरी प्रस्ताव पेश गरिएको छ। विभागले पुस २२ गते अपाङ्गताका क्षेत्रमा काम गर्ने संघसंस्थाका लागि प्रस्ताव आव्हान […]