काठमाडौँ। न्युजिल्याण्डले दोस्रो एकदिवसीय खेलमा भारतलाई ६ विकेटले पराजित गरेको छ। यससँगै तीन खेलको शृङ्खला १-१ को बराबरी भएको छ। राजकोटमा भएको खेलमा भारतले दिएको २ सय ८५ रनको लक्ष्य न्युजिल्यान्डले १५ बल बाँकी छदै ३ विकेट गुमाएर पूरा गर्यो। पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ८४ रन बनाएको थियो। […]