इरानी सत्ताका अनौपचारिक प्रवक्ता प्राध्यापक मरान्दी : जसलाई मर्नसँग डर छैन

मरान्दी बाल्यकालमै इरान आएका थिए । इरानमा ढिलो आएकाले उनलाई फारसी भाषा आउँदैनथ्यो । त्यो भाषा उनले पछि मात्रै सिकेका हुन् । इरान आएकै बेला उनका पिता अलिरेजा मरान्दी इरानका सर्वोच्च नेता खामेनेईका निजी डाक्टर थिए ।