जनकपुरधाम- नेपाल–भारत सीमाक्षेत्रमा भारतीय सुरक्षाकर्मीले महोत्तरीको जलेश्वर कारागारबाट फरार एक अभियुक्तलाई हतियार र लागुऔषधसहित पक्राउ गरेको छ। भारतीय सीमा सुरक्षा बल (एसएसबी)को टोलीले मधुबनी जिल्ला अन्तर्गत हरलाखी बोर्डर नजिकै धनुषाको मुखियापट्टी मुसहरनिया–२ निवासी अनरजीत रामलाई पक्राउ गरेको हो । एसएसबीका इन्स्पेक्टर ऋषिकेश कुमारको नेतृत्वमा खटिएको टोलीले हरलाखी प्रहरीसँगको सहकार्यमा मोटरसाइकलमा भारततर्फ जाँदै गरेका रामलाई घेराबन्दी […]