नर्भिक अस्पतालको आईपीओ प्रक्रिया अघि बढ्दै, बुक–बिल्डिङ ‘रोड शो’ सम्पन्न

नर्भिक इन्टरनेशनल हस्पिटल लिमिटेडको शेयर निष्काशन प्रक्रियाअन्तर्गत बुक–बिल्डिङ विधिमा आयोजित ‘रोड शो’ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। वैशाख ११ गते काठमाडौंमा आयोजित उक्त कार्यक्रममा योग्य संस्थागत लगानीकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो। निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडद्वारा आयोजना गरिएको कार्यक्रममा संस्थागत लगानीकर्ताहरूले मूल्य निर्धारण, माग विश्लेषण तथा मूल्याङ्कनका विषयमा आफ्ना धारणा र सुझाव […]