भारतको धौलीगंगा बाँध ४८ घण्टा खोलिँदै, महाकाली तटीय क्षेत्रमा सतर्क रहन प्रशासनको आग्रह

काठमाडौँ । भारतको उत्तराखण्डस्थित धौलीगंगा जलविद्युत् परियोजनाको बाँधका ढोका ४८ घण्टाका लागि खोलिने भएपछि महाकाली नदीको तटीय क्षेत्रमा सतर्कता अपनाउन जिल्ला प्रशासनले आग्रह गरेको छ। बाँधमा जम्मा भएको सिल्ट सफाइका लागि शनिबार राति १ बजेदेखि सोमबार राति १ बजेसम्म ढोका खुला राखिने भएको हो। यस अवधिमा महाकाली नदीको बहाव तथा जलस्तर बढ्न सक्ने भन्दै प्रशासनले […]